### |
कात्तिक १५ गतेदेखि थप भाडा तिर्नुपर्ने
काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको आधारमा सरकारले पेट्रोलियम पदार्थको भाउ समायोजन गर्ने तयारी गरिरहँदा यातायात व्यवस्था विभागले भने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा बढाउने निर्णय गरेको छ। विभागको निर्णयसँगै यात्रुले यही कात्तिक १५ गतेदेखि सार्वजनिक गाडी चढ्दा थप भाडा तिर्नुपर्नेछ।
सरकारले प्रत्येक १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा बढाउने र घट्दा घटाउने 'स्वचालित मूल्य प्रणाली' लागू गरेर मूल्य समायोजन गरिरहँदा विभागले लामो तथा छोटो दूरीमा गुड्ने सवारीसाधनको भाडा दर वृद्धि गरेको हो।
यसअनुसार बसको हकमा ५.६३, मिटरजडित ट्याक्सीको हकमा ६.५८, पहाडी क्षेत्रमा गुड्ने मालवाहक सवारीसाधनको हकमा ५.२७ र तराईमा गुड्ने मालवाहक सवारीसाधनको हकमा ५.२१ प्रतिशत भाडा वृद्धि भएको विभागका प्रवक्ता मुक्ति केसीले बताए।
विभागका अनुसार चार किलोमिटरसम्मका लागि १५ बाट १६, पाँच किलोमिटरसम्म १७, ६ किलोमिटरसम्म १८ बाट १९, आठ किलोमिटरसम्म १९ बाट २०, १० किलोमिटरसम्म २१ बाट २२ र १३ किलोमिटरसम्म २२ बाट २४ रुपैयाँ भाडा दर निर्धारण गरिएको छ।
सार्वजनिक यातायात क्षेत्रमा भइरहेको सिन्डिकेट, मनपरी भाडा असुली, यात्रुलाई टिकट नदिने, टिकटमा कालो बजारी, यात्रु ठगी, यात्रु र सामानको असुरक्षा, सिट क्षमताभन्दा बढी यात्रु राख्ने, सडक मर्मत सम्भारको अभाव, यात्रा समयको अनिश्चितता, असुरक्षित सडक यात्रा तथा अभद्र व्यवहार र गुन्डागर्दीजस्ता समस्यामा मौन बसेर भाडादर बढाउन सहमति दिई सरकारले व्यवसायीको पृष्ठपोषण गरेको उपभोक्तावादीको आरोप छ।
यसैगरी १६ किलोमिटरसम्म २५ बाट २६, १९ किलोमिटरसम्म २६ बाट २७ रुपैयाँ भाडा दर तोकिएको छ। 'सहरी क्षेत्रमा गुड्ने सार्वजनिक सवारी साधनमा प्रति चार किलोमिटरमा औसतमा एक रुपैयाँ र ट्याक्सीमा भने एक किलोमिटरमा औसतमा एक रुपैयाँ बढउने निर्णय भएको छ', केसीले भने।
उनका अनुसार यातायात व्यवसायीले गत भदौदेखि यात्रु भाडा दर बढाउन दबाब दिएका थिए। दबाब चर्को पारेपछि सरकारले नजिकिएका चाडपर्व सकिएपछि कात्तिक १५ गतेदेखि बढाउने निर्णय भएको हो। 'भदौदेखि नै भाडा दर बढाउन व्यवसायीले दबाब दिए पनि हामीले मानेनौं।
चाडपर्व सकेपछि मात्रै बढाउने विषयमा सहमति गराएर कात्तिकदेखि बढाउने निर्णय भयो', प्रवक्ता केसीले भने। विभागले यसअघि गत चैत २८मा डिजेलबाट चल्ने सवारीसाधनको भाडादर ३.७५ प्रतिशतले वृद्धि गरेको थियो।
'सबै प्राविधिक क्षेत्रको अध्ययन गरेर भाडा दर समायोजन गरिएको हो', प्रवक्ता केसीले भने, 'भाडा दर कम हुँदा सवारीधनीले घाटा बेहोर्दै आएका थिए। थोरै भए पनि समायोजन गर्ने प्रयास गरेका छौं।'काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको आधारमा सरकारले पेट्रोलियम पदार्थको भाउ समायोजन गर्ने तयारी गरिरहँदा यातायात व्यवस्था विभागले भने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा बढाउने निर्णय गरेको छ। विभागको निर्णयसँगै यात्रुले यही कात्तिक १५ गतेदेखि सार्वजनिक गाडी चढ्दा थप भाडा तिर्नुपर्नेछ।
सरकारले प्रत्येक १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा बढाउने र घट्दा घटाउने 'स्वचालित मूल्य प्रणाली' लागू गरेर मूल्य समायोजन गरिरहँदा विभागले लामो तथा छोटो दूरीमा गुड्ने सवारीसाधनको भाडा दर वृद्धि गरेको हो।
यसअनुसार बसको हकमा ५.६३, मिटरजडित ट्याक्सीको हकमा ६.५८, पहाडी क्षेत्रमा गुड्ने मालवाहक सवारीसाधनको हकमा ५.२७ र तराईमा गुड्ने मालवाहक सवारीसाधनको हकमा ५.२१ प्रतिशत भाडा वृद्धि भएको विभागका प्रवक्ता मुक्ति केसीले बताए।
विभागका अनुसार चार किलोमिटरसम्मका लागि १५ बाट १६, पाँच किलोमिटरसम्म १७, ६ किलोमिटरसम्म १८ बाट १९, आठ किलोमिटरसम्म १९ बाट २०, १० किलोमिटरसम्म २१ बाट २२ र १३ किलोमिटरसम्म २२ बाट २४ रुपैयाँ भाडा दर निर्धारण गरिएको छ।
सार्वजनिक यातायात क्षेत्रमा भइरहेको सिन्डिकेट, मनपरी भाडा असुली, यात्रुलाई टिकट नदिने, टिकटमा कालो बजारी, यात्रु ठगी, यात्रु र सामानको असुरक्षा, सिट क्षमताभन्दा बढी यात्रु राख्ने, सडक मर्मत सम्भारको अभाव, यात्रा समयको अनिश्चितता, असुरक्षित सडक यात्रा तथा अभद्र व्यवहार र गुन्डागर्दीजस्ता समस्यामा मौन बसेर भाडादर बढाउन सहमति दिई सरकारले व्यवसायीको पृष्ठपोषण गरेको उपभोक्तावादीको आरोप छ।
यसैगरी १६ किलोमिटरसम्म २५ बाट २६, १९ किलोमिटरसम्म २६ बाट २७ रुपैयाँ भाडा दर तोकिएको छ। 'सहरी क्षेत्रमा गुड्ने सार्वजनिक सवारी साधनमा प्रति चार किलोमिटरमा औसतमा एक रुपैयाँ र ट्याक्सीमा भने एक किलोमिटरमा औसतमा एक रुपैयाँ बढउने निर्णय भएको छ', केसीले भने।
उनका अनुसार यातायात व्यवसायीले गत भदौदेखि यात्रु भाडा दर बढाउन दबाब दिएका थिए। दबाब चर्को पारेपछि सरकारले नजिकिएका चाडपर्व सकिएपछि कात्तिक १५ गतेदेखि बढाउने निर्णय भएको हो। 'भदौदेखि नै भाडा दर बढाउन व्यवसायीले दबाब दिए पनि हामीले मानेनौं।
चाडपर्व सकेपछि मात्रै बढाउने विषयमा सहमति गराएर कात्तिकदेखि बढाउने निर्णय भयो', प्रवक्ता केसीले भने। विभागले यसअघि गत चैत २८मा डिजेलबाट चल्ने सवारीसाधनको भाडादर ३.७५ प्रतिशतले वृद्धि गरेको थियो।
उपभोक्तावादी संस्थाले भने सार्वजनिक यातायात क्षेत्रमा भइरहेको सिन्डिकेट, मनपरी भाडा असुली, यात्रुलाई टिकट नदिने, टिकटमा कालो बजारी, यात्रु ठगी, यात्रु र सामानको असुरक्षा, सिट क्षमताभन्दा बढी यात्रु राख्ने, सडक मर्मत सम्भारको अभाव, यात्रा समयको अनिश्चितता, असुरक्षित सडक यात्रा तथा अभद्र व्यवहार र गुन्डागर्दीजस्ता समस्याका विषयमा सरकार मौन बसेर भाडादर बढाउने सहमति दिई व्यवसायीको पृष्ठपोषण गरेको आरोप लगाएका छन्।
## |
0 comments:
...