Headlines News :
Home » » भैंसीलाई ओभरटेक गर्न खोज्दा मृत्यु

भैंसीलाई ओभरटेक गर्न खोज्दा मृत्यु

###
विराटनगर : भैंसीलाई ओभरटेक गर्न खोज्दा एक मोटरसाइकल चालकको दुर्घटनामा परेर आइतबार मृत्यु भएको छ।

विराटनगर १५ बाट रानीतर्फ जाँदै गरेको को ११ प ९०८२ नम्वरको मोटरसाइकलले सडकमा हिंडिरहेको भैंसीलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल चालक विराटनगर १५ का ३४ वर्षीय सरोज खनालको मृत्यु भएको हो। तीव्र गतिमा रहेको मोटरसाइकल विराटनगर १८ जतुवास्थित सडकमा हिंडिरहेको भैंसीमा ठोक्किएको थियो।

मोटरसाइकल भैंसीमा ठोक्किएपछि उछिट्टीएर सडकमा पछारिन पुग्दा चालक खनाल गम्भीर घाइते भएका थिए। घाइते खनालको उपचारका क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्त ा डीएसपी प्रभुप्रसाद ढकालले जनाए। मोटरसाइकल इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा छ।

यसैबीच मोरङको रंगेली ३ स्थित सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ च २५१४ नम्बरको मरूती भेनको ठक्करबाट गोविन्दपुर ९ का ३० वर्षीय सुलोचना पासवान गम्भीर घाइते भएकी छन्। घाइतेको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। भेनचालक मोरङ कटहरी ९ का ४२ वर्षीय प्रदेश कुमार राजबंशी र भेनलाई इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar