### |
हेटौँडा : भारतको पटनाबाट हेटौँडा औद्योगिक क्षेत्रमा दूध बोक्ने भारतीय नम्बर प्लेटको ट्यांकरबाट साढे दुई क्वीन्टल गाँजा प्रहरीले बरामद गरेको छ ।
भारतको पटना डेरीबाट हेटौंडास्थित औद्योेगिक क्षेत्रस्थित सरकारी स्वामित्वको डेरीमा दूध लिएर आउने ट्याङकरमा जाँच गर्दा २ सय ५० किलो गाँजा प्रहरीले बुधबार बरामद गरेको हो ।
१० किलोका दरले २५ वटा प्लाष्टिकको पोका बनाएर लैजान लागिएको अवस्थामा प्रहरीले गाँजा हेटौंडाको चुरे जंगल नजिक राजमार्गमा पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक दीपक थापाले बताए ।
दूधको ट्यांकरको भित्री भागको ट्यांकीमा लुकाइएको गाँजाको तयारी पोका
ट्याङकर चालक भारत उत्तर प्रदेश मरेड जिल्लाका माधवपुर ग्राम बस्ने २८ वर्षीय माहम्द जाबेद, सहचालक बिहार बेगुसराई जिल्लाका धीरज पासवानलाई पनि पक्राउ गरिएको डिएस्पी थापाले बताए ।
ट्याङ्करलाई बाटो देखाउने मोटरसाईकल चालक मकवानपुर मनहरी–३ का सन्तोष तामाङ र हाँडीखोला–७ का राम वाइबालाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरुलाई लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही चलाइएको मकवानपुर प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले बताए ।
भारतीय नम्बरको बीआर–०१जीडी–३६०७ ट्याङकर र स्कटिङमा प्रयो भएको ना १७ प ५२१२ नम्बरको मोटरसाईकल पनि बरामद गरिएको प्रहरी प्रबक्ता एवम् डिएस्पी थापाले बताए ।
१० चक्के भारतीय नम्बरको ट्याङकरमा मनहरी आसपासबाट गाँजा लोड गरी बीरगञ्ज हुँदै भारत प्रवेश गराउन लागेको सुराकीको आधारमा प्रहरीले चुरियामाई जंगलबाट बरामद गरेएो प्रबक्ता थापाले जानकारी दिएका छन् । यसअघि पनि भारतीय एम्बुलेन्समा गाँजा तस्करी भएको समाचार आएको थियो ।

## |
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, इमेल को एक प्रतिनिधि हुँ:
(adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874