Headlines News :
Home » , » विदेश गएका श्रीमानले भुले पनि सीपले जिउन सिकायो

विदेश गएका श्रीमानले भुले पनि सीपले जिउन सिकायो

###
कात्तिक १५ - फत्तेपुर २ सप्तरीकी मुना श्रेष्ठले खोटाङ खाल्लेका दीपक केसीसँग २०६२ सालमा विवाह गर्नुभयो । दुबई गएर फर्किएका केसीसँग मुनाले ५ महिनाको प्रेम सम्बन्धपछि बिबाह गर्नुभएको हो र त्यो पनि अन्तर जातीय विवाहका रुपमा ।
त्यतिबेला त दीपकले अन्तर जातीय भएपनि आफ्नो परिवारले स्वीकार्ने र आफूले पनि जिन्दगी भरीनै साथ दिने वताउनु भएको थियो । मुनाले पनि दीपकको कुरा पत्याउनुभयो तर दिपकको हातबाट सिउँदो रंग्याएपछि उहाँको परिवारले मुनालाई घरमा पस्न दिएनन् । घर बाहिरै कोटा लिएर बसेकै बेला छोरी जन्मिईन । केहीवर्ष दिपक मुनासँगै बसेपनि आर्थिक अभावले च्यापेपछि फेरि विदेश हानिनुभयो । श्रीमान साथमा नभएपनि मुनाले हरेस खानुभएको थिएन, दिपकले साथ नछोडुञ्जेल तर विदेश गएको केही समयमै सँगै बाच्ने सँगै मर्ने वाचा गरेका दीपकले नै साथ छोडिदिनुभयो । त्यो बेलाको कुरा सम्झिँदा मुना भक्कानिनुहुन्छ । ‘उहाँले केहि नभनेसम्म त जीवन संघर्ष हो भन्थें, तर सहाराले नै साथ छोडेपछि निराश भएँ’ मुनले विगत सम्झनुभयो ‘एक पटक त झुण्डिन पनि गईं, तर बच्चाले नदिएपछि फर्किएको थिएँ ।’
आत्महत्या गर्ने अवस्थामा पुगिसकेकी मुनाको अवस्था अहिले भने फेरिएको छ । मुनाले अहिले खोटाङको दिक्तेलमा आफनै पसल चलाइरहनु भएको छ, त्यो पनि हातले बुनेका कलात्मक सामान बेच्ने । यो बेला सहारा नपाएर भौतारिएकी मुनाले सहारा बन्यो हातको सीप । मुनाको हातमा सीप भरिदियो खोटाङमा सुरक्षित आप्रवासन परियोजना अन्तर्गतको जनसेवा समाजले । समाजले दिएको तालिम लिएकी उहाँले सुरुमा आफूले सिकेको सीप महिलाहरुलाई सिकाउनुभयो ।
अहिले त उहाँ सीप मात्रै सिकाउनुहुन्न आफनै पसल पनि खोल्नुभएको छ खोटाङको दिक्तेल बजारमा । कुनै बेला सहारा नभएर मर्न मन लागेकी मुनालाइ अहिले हातमा सीप छ भने अरुको सहारा खोज्नु पर्दैन जस्तो लाग्न थालेको छ ।  आफ्नै काम गरेर महिनाको १० हजार आम्दानी गर्दै आएकी मुना भन्नुहुन्छ ‘हातमा सिप छ भने कसैको साथ बिनापनि जिउन सकिँदो रहेछ ।’ मुनालाई अहिले विभिन्न संघ संस्थाले कपडाको फूल, गुडिया बनाउने, छ्वाली आर्टस, वालुवा आर्टस, सिलाई कटाई जस्ता सीप सिकाउने प्रशिक्षक पनि बनाउने गरेका छन ।
प्रशिक्षण दिन गएको बेला मुनाको आम्दानी पनि बढ्न गरेको छ । मुना अहिले बैदेशिक रोजगार पिडित महिला उत्थान समिति खोटाङको अध्यक्ष पनि हुनुहुन्छ । थुपै्र पीडामा जेलिएकी मुना अहिले आफूजस्तै पीडामा परेका महिलाको उद्धारमा पनि टिनुहुन्छ ।


##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar