Headlines News :
Home » » त्रिचालीस लाखभन्दा बढी नेपाली अझै नागरिकताबाट बन्चित

त्रिचालीस लाखभन्दा बढी नेपाली अझै नागरिकताबाट बन्चित

###
नेपालमै जन्मिएर हुर्किएर पनि अझै त्रिचालीस लाखभन्दा बढीले नेपाली नागरिकता पाएका छैनन् | महिला, कानुन र विकास मञ्चले गरेको अध्ययनअनुसार यो तथ्यांक प्राप्त भएको हो |

महिला, कानुन र विकास मञ्चले गरेको अध्ययनअनुसार २००९ सालदेखि २०७० असार मसान्तसम्ममा कुल दुई करोड १४ हजार ९५० जनाले नागरिकता लिएका थिए । संवैधानिक कानुन व्यवसायी मञ्चले सभासद्हरूसँग शनिबार राजधानीमा आयोजना गरेको ‘नयाँ संविधानमा नागरिकता: सवाल समानता र पहिचानको’ विषयक छलफलमा विद्यमान नागरिकतासम्बन्धी ऐन कानुन परिमार्जन अपरिहार्य भएकोमा जोड दिइयो ।

नागरिकता सम्बन्धमा मञ्चले विश्वका १२० मुलुकका ऐन कानुनबारे अध्ययन गरेको र तीमध्ये १०८ देशले आमा वा बाबुमध्ये एकको नामबाट वंशजका आधारमा नागरिकता प्रदान गर्ने व्यवस्था भएको जानकारी कार्यक्रममा दिइएको थियो । नेपालसमेत नौवटा राष्ट्रले भने बाबुको नामबाट मात्र नागरिकता जारी गर्ने व्यवस्था अङ्गिकार गरेका छन् ।

भुटान, म्यान्मार र गणतान्त्रिक कङ्गोले आमाबाबु दुवैजना उक्त देशको नागरिक नभएसम्म तिनका सन्तानलाई नागरिकता नदिने कानुनी व्यवस्था गरेका छन् । हाम्रो मुलुकमा मौजुदा नागरिकता ऐन, २००९ र २०२० अनुसार अप्राकृतिक गर्भाधानबाट जन्मिएका वालक (टेष्टट््युब बेबी)पनि बालिग भएपछि नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित हुनेछन् ।

बाबुको सिफारिसमा मात्र नागरिकता बनाइने विद्यमान कानुनअनुसार धेरै नागरिक राज्यविहीन हुने भएकाले राज्यले आफ्ना नागरिकको हकअधिकार सुनिश्चित गर्नुपर्नेमा सहभागी सभासद्हरूले जोड दिए । नागरिकताको अधिकार व्यक्तिको कानुनी पहिचान र अस्तित्वसँग जोडिएकाले त्यसको अभावमा कुनै पनि व्यक्ति राज्यको संरक्षण, सामाजिक, आर्थिक र राजनीतिक तथा आधारभूत अधिकारबाट वञ्चित हुन्छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar