###
![]() |

सुनसरीको इटहरीमा बुधबार भएको कार्यकर्ता भेटघाटमा बोल्दै प्रचण्डले सहमतिमा पहिचानसहितको संघिय संविधान निर्माणका बाधक प्रधानमनत्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली भएको आरोप लगाउँदै कांग्रेस–एमालेलाई सरकारबाट हटाउन आफूहरु पछि नपर्ने बताए ।
‘संयुक्त सरकार त्यागेर सिहंदरबार खाली नगरे २२ दलले कांग्रेस–एमालेलाई सिहंदरबारबाट हटाउन आइतबार कुर्ने छैनन्’, प्रचण्डले भने, ‘सुशील र केपी पनि खुमबहादुरकै हिन्दू राष्ट्रको नारा बोकेर शान्ति सम्झौता र अन्तरमि संविधानविपरित हिँडिरहेका छन् ।’
कांग्रेस–एमाले जनताको भावनाअनुरुप नहिँडेको आरोप लगाउँदै प्रचण्डले दुबै पार्टीमा राज्य चलाउने राजनैतिक आधार नभएका जिकिर गरे । ‘कांग्रेस एमालेलाई सरकार चलाउने आधार छैन । संयुक्त राष्ट्रसंघ, चीन र भारतसहितका मित्र राष्ट्रले वैधता नदिनुहोला’, प्रचण्डले भने, ‘काग्रेस–एमाले ज्ञानेन्द्र शाहकै पथमा हिँडेकाले दुबै पार्टीविरुद्ध प्रतिकार र प्रतिवादको कार्यक्रम ल्याउँछौ ।’
कांग्रेस–एमाले प्रति कडा रुपमा प्रस्तुत भएका अध्यक्ष प्रचण्डले दुबै पार्टीलाई जनयुद्धमा नगई शान्तिपूर्ण बाटोबाटै ठीक लाउने दाबी गरे । पहिचानसहितको संघीय संविधान बनाउन कांग्रेस–एमाले बाधक भएको खबर गाउँ गाउँमा पु¥याउन पनि उनले कार्यकर्तालाई निर्देशन दिए ।
‘कांग्रेस–एमाले सहमतिमा नआए आदिबासी, जनजाति र मधेसवादी दलको समर्थनमा एमाओवादीले सरकारको नेतृत्व गर्छ’, अध्यक्ष प्रचण्डले भने, ‘सहमतिको संविधान निर्माणमा नआए दुबै पार्टीले तत्काल सरकार छाडुन् ।’
##
![]() |
0 comments:
...