Headlines News :
Home » » सवारी दुर्घटनाप्रति प्रहरीको ध्यानाकर्षण

सवारी दुर्घटनाप्रति प्रहरीको ध्यानाकर्षण

###
१५ कात्तिक, काठमाडौ ।  नेपाल प्रहरीले विगत केही दिनयता देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनाबाट भएको धनजनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक माधवप्रसाद जोशीद्वारा आज जारी विज्ञप्तिमा देशभर भएका विभिन्न सवारी दुर्घटनाका विविध कारणहरुमध्ये तीव्र गति र क्षमताभन्दा बढी यात्रु बोक्नु प्रमुख कारण भएको उल्लेख गर्दै गएराति मकवानपुरको बसामाडी–२ वस्तीपुरमा भएको सवारी दुर्घटनासमेत तीव्र गतिका कारण भएको जनाइएको छ ।

दुर्घटनाका सन्दर्भमा प्रहरीले सम्बन्धित यात्रु तथा अन्य सर्वेक्षणमा राजमार्गमा सवारी जाँच गर्ने स्थायी चेकपोस्ट (ढाट) नभएका कारणबाट सवारी जाँच नहुने तथा तीव्र गति र अन्य लार्पबाहीबारे यात्रुले समयमै प्रहरीलाई खबर गर्न टेलिफोन नम्बरको जानकारी नभएको भन्ने गुनासो प्राप्त भएकाले अब उप्रान्त यस्ता लार्पबाहीबारे प्रहरी परिचालन कक्षको टेलिफोन नम्बर ०१–४४१२७८०, ०१–४४११५४९, ०१–४४१५५९७ र ०१–४४१२७४८, त्यस्तै पैसा नलाग्ने टोल फ्री नं १६६००१४१५१६, प्रहरी कन्ट्रोल रुम १०० तथा मोबाइल नम्बर ९८४९०९११३९ मा जानकारी गराउनसमेत अनुरोध गरिएको छ । रासस 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar