### |
हेटौंडाः मकवानपुरको चुरियामाईमा मंगलबार बिहान भएको दुर्घट्नामा ७ जनाको ज्यान गएको छ। सर्लाहीबाट ईटा लिएर पोखरा जान लागेको ना४ख १२५२ नम्बरको ट्रक चुरियामाईमा दुर्घट्ना हुँदा ९ जना घाईते भएका छन्। पथलैयाबाट सह-चालकले चलाएको ट्रकमा बसेर सर्लाहीबाट चितवनमा धान काट्न जान लागेका ७ जना मजदुरले ज्यान गुमाउनु परेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीका अनुसार सर्लाही जिल्लाको औरही-८ का सियाराम महतो, झगरु महतो, जीत पासवान, रामवली माझी, बिशेष यादव, जंगीलाल महतो र सर्लाही नवलपुरका राजकुमार माझीको घट्नास्थलमै मृत्यु भएको छ।
ईटा लोर्ड गरेको ट्रकमा ईटामाथि बसेर यात्रा गरिरहेका यात्रुहरु ट्रक पल्टिएपछि त्यही ईटाले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । सर्लाही औरहीका लक्षु माझी, महेन्द्र पासवान र राजेश राय गंभीर घाईते भएका छन्। उनीहरुको हेटौंडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाईएको हेटौंडा अस्पतालका स्वास्थ्यकर्मी रामआदर पाण्डेले अन्नपूर्ण पोष्टलाई बताए।
६ जना घाईतेको हेटौंडा अस्पतालमा उपचारपश्चात घर फर्केका छन्। ट्रकमा ओभरलोर्ड भएको भन्दै पथलैयामा जरिवाना तिरेर आएको मध्यक्षेत्रीय ट्राफिक प्रमुख एसपी उमेश रञ्जीतकारले अननपूर्ण पोष्टलाई बताए। ट्रक बिहान ५ बजे दुर्घट्ना भएको थियो। ट्रकका चालक तथा सहचालक फरार रहेको र खोजी कार्य भइरहेको मकवानपुर प्रहरीले जनाएको छ। यसअघि मकवानपुरको बसामाडीमा बस चालकको बदमासीले बस दुर्घटनामा परी १० जनाको मृत्यु भएको थियो।

## |
0 comments:
...