Headlines News :
Home » » राँके बजारमा लागेको आगो नियन्त्रणमा, ७ घर जले

राँके बजारमा लागेको आगो नियन्त्रणमा, ७ घर जले

###
इलाम : इलाम र पाँचथरको सिमा राँके बजारमा बुधबार बिहान लागेको आगलागी नियन्त्रणमा आएको छ ।

राँके बजारका विष्णु मुखियाको घरबाट बिहान साढे ८ बजेबाट शुरु भएको आगोबाट ७ वटा घर जलेर नष्ट भएका छन । आगो नियन्त्रणमा लिन ४ वटा घर भत्काइएको छ ।

आगलागीबाट बजारका कर्ण गुरुङ, नेत्र लामिछाने, प्रेम चेम्जोङ बिष्णु मुखिया, राजेन्द्र गौतम र सुकबहादुर चेम्जाङको घर जलेर नष्ट भएको प्रहरी प्रहरी चौकी राँकेका सई महेन्द्र पराजुलीले जानकारी दिए ।

आगो नियन्त्रणमा लिने क्रममा रामदेब रार्इ, मुक्ति आचार्य, देउमान तामाङ र माङ्देल तामाङको घर भत्काइएको छ । आगो जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका हुन् ।

दमकल पुग्न ढिलार्इ

बिहानबाट आगो नियन्त्रणमा लिन इलामबाट गएको दमक करिब २ घण्टापछि मात्र घटनास्थलमा पुगेको थियो । स्थानीय र सुरक्षाकर्मीले आगो नियन्त्रण लिइसकेको अवस्थामा दमकल पुगेको हो ।
आगो निभाउन ब्यस्त सुरक्षाकर्मीलाई ढिला पुगेको दमकलले सहयोग गरेको थियो ।

इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी निरीक्षक लालध्वज सुवेदीले राँके बजारको माथिल्लो भागमा धेरै क्षति भएको बताए । जलेका घरका सबै सामान नष्ट भएको प्रहरीले जनाएको छ । 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar