Headlines News :
Home » , » डलरको प्रभावले सुन ४ वर्षकै न्यून नजिक

डलरको प्रभावले सुन ४ वर्षकै न्यून नजिक

###
सिंगापुर– डलर र अमेरिकी अर्थतन्त्र मजबुत हुँदा सुनको मूल्य ओरालो लागेको छ । मंगलबार सुनको मूल्य चार वर्षकै न्युन नजिक पुगेको छ ।   भौतिक खरिदमा आएको कमी र आगामी समयमा थप मूल्य घट्न सक्ने बुझाइका कारण पनि सुनको मूल्य ओरालो लागेको हो ।

   बैंक अफ जापानले प्रोत्साहन कार्यक्रमलाई आश्चर्यजनक रुपमा विस्तार गरेपछि शुक्रबार सुनको थोक मूल्य प्रतिऔंस १ हजार १ सय ८० को हाराहारीमा कायम भएको थियो । यो अवस्थाले सुनको मूल्य २०१० को जुलाइदेखिकै न्यून अर्थात प्रतिऔंस १ हजार १ सय ६१ डलर २५ सेन्टमा झर्न मद्दत गरेको छ ।   यद्यपी सुनको खुद्रा मूल्य भने बढेर प्रतिऔंस १ हजार १ सय ६७ डलर ८४ सेन्ट कायम भएको छ ।

सोमबार भने १ हजार १ सय ७३ डलर ७० सेन्ट कायम भएको थियो । तर, बलियो अमेरिकी तथ्यांकले गर्दा मूल्य पुनः ओरालो लागेको हो ।   सोमबार चाँदीको मूल्य भने ४ वर्षकै न्यून बिन्दुबाट सुधार भई १५ डलर ७२ सेन्ट कायम भएको छ । सुनको मूल्यमा सर्वाधिक दबाब डलरबाट पर्ने गरेको छ । (एजेन्सी)

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar