### |
काठमाडौं, काउलीको तरकारी बनाउँदै हुनुहुन्छ भने एक पटक विचार गर्नुस् । कतै तपाईँ त्यसको छिप्पिएको पात फाल्ने सोचमा त हुनुहुन्न ?
धेरै मानिसहरु के खान हुन्छ ? र के खान हुन्न ? भन्ने ज्ञानको अभावमा पौष्टिक तत्व पाइने खानेकुरालाई खेर फालिरहेका हुन्छन् ।
विशेष गरि जाडो मौसमको ३ महिनासम्म हामीले खाने काउली पनि हाम्रो स्वास्थ्यको लागि फाईदाजनक नै मानिन्छ । त्यसमा पनि हामीले खान हँुदैन भनेर फाल्ने काउलीको छिप्पिएको पातमा हाम्रो शरिरलाई आवश्यक पर्ने क्यालोरी बढी मात्रामा पाइन्छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौंको तथ्याङकअनुसार हामी अधिकांशले फाल्ने छिप्पिएको १०० ग्राम काउलीको पातमा २६४० क्योलोरी पाइन्छ भने सोही मात्राको काउलीको कलिलो पातमा भने १६४७ क्यालोरी पाउन सकिन्छ ।
त्यस्तै अन्य धेरै तरकारीहरु छन् । जसमा हामीले ज्ञानको कमीका कारण त्यसमा पाइने क्यालारीको उपभोग गर्दैनौँ । हामीले खाने १०० ग्राम मुलाको जरामा ४ क्यालोरी पाइन्छ भने खरे फाल्ने मुलाको पातमा भने ३२५० मात्रामा क्यालोरी प्राप्त हुन्छ ।
त्यस्तै सोही परिमाणको गुलियो मुलाको जरामा २० क्यालोरी पाइन्छ भने त्यसको पातमा २९२७ क्यालोरी पाइन्छ । पोष्टिक तत्व कमी हुनुका कारण हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा अझै पनि स्वास्थ्य र खानेकुरालाई ध्यान दिएको पाइँदैन ।
विभागका वरिष्ठ अनुसन्धानकर्ता कोइरालाका अनुसार हामीलाई खानाको अपुग हुनु, खाना किन्ने पैसा नहुनु, पैसा भएपनि बजारको अभाव हुनु, खानेकुरा ओसारपसार गर्न यातायातको राम्रो व्यवस्था नहुनु, खानेकुराको विषयमा जानको कमी हुनुले नै हाम्रो स्वास्थयमा असर परिरहेको छ ।
उचित आहार नहुँदा यस्ता समस्या छन् अहिले
ग्रामीण क्षेत्र मा मात्र नभई शहरमा समेत उचित ज्ञानको अभावमा खानेकुरा सही प्रयोग नभएको कोइरालाले बताए । पोष्टिक तत्वको कमीले हुने समस्याहरु हाम्रो वरपर र हामीले निरन्तर प्रयोग गर्ने धेरै फलफूल तथा तरकारीहरु छन् जसले हाम्रो स्वास्थ्यलाई प्रत्यक्ष रुपमा फाईदा गर्छन् । तर पनि ज्ञानको अभावमा हामीले त्यसको प्रयोगमा ध्यान दिरहेका हुदैनौँ ।
कोइरालाका अनुसार हामीले हाम्रो खानेकुरामा ध्यान नदिएकै कारण हामीमा पोषक तत्व, भिटामिन ए, आइरनको कमी देखिने गर्दछ । शरिरमा यी विभिन्न तत्वको कमी हुँदा नै हामीलाई कुपोषण, रतन्धो लगायतका विभिन्न रोगहरुले बारम्बार अक्रमण गरिरहेको हुन्छ । यो समस्या अहिले नेपालको मुख्य जल्दोबल्दो समस्याको रुपमा रहेको छ ।
त्यस्तै हातखुट्टा लुला हुनु, मान्छे लङ्गडो बन्नु, दुब्लो–पालतो हुनु, शरिरमा रोगसँग लड्ने शक्तिको कमी हुनु जस्ता समस्या देखा पर्दछ ।
समाधान यसरी
समस्या समाधानका उपायहरु समस्या देखिएसँगै यसको समाधान पनि छ, तर त्यसमा हामीले ध्यान दिन आवशयक पर्छ । खानेकुराको प्रयोगमा उचित ध्यान दिने, बढी मात्रामा खानेकुराको प्रयोग गर्ने, सन्तुलित आहारको प्रयोग गर्न सकियो भने कुपोषण लगायतका धेरै रोगबाट बचिने कोइरालाले बताए ।
त्यस्तै उनले जरे तरकारीहरुको पातमा बढी मात्रामा भिटामिन ए, आइरन पाइने भएकाले पनि त्यसको प्रयोग गर्न सुझाव दिए । ‘मुलाको पातमा हामीलाई चाहिले पोष्टिक तत्व बढी पाईन्छ त्यसैले यसको प्रयोग गर्नुपर्छ ।’ उनले भने ‘विभिन्न जरे तरकारीको सागलाई त्यसै खान मननलागे त्यसको गुन्दु्रक बनाउने, सुकाएर, खाने, अरु तरकारीसँग प्रयोग गर्ने, यस्तो गरियो भने हामीले सिजन नहुँदा पनि त्यसको प्रयोग गर्न सकिन्छ ।’
उनले ५ वटा खाने कुरालाई सन्तुलित रुपमा दैनिक प्रयोग गर्न सकियो भने स्वास्थ्य राम्रो हुने बताए । उनले भने ‘अन्न गेडागुडी, फलफूल तरकारी, माछामासु दूध दही र चिनी घ्यू तेललाई हामीले प्रयोग गर्न सकियो भने यसले हामीलाई फाइदा गर्छ ।’
जनचेतनाका लागि के गरिदैछ ?
हाम्रो देशमा अझै पनि खानेकुरा सम्बन्धि जनचेतना नहुँदा सामान्य रोगले पनि मान्छेको ज्यान गइरहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि यस्तो समस्या समाधानका लागि केही पहल गरिरहेको छ, तर त्यो पयाप्त नभएको कोइरालाले स्विकार गरे । उनले भने ‘हामी धेरै किसिमका प्रचारप्रसार सामग्री बनाएर वितरण गरिरहेका छौँ, रेडियो कार्यक्रम पनि बनाएका छौँ । तर जुन मात्रामा कार्यहरु हुन पर्ने हो त्यही हुन सकेको छैन ।’

## |
0 comments:
...