Headlines News :
Home » , » साढे २ महिनाअघि भेटिएका बालक लिन अझै कोही आएनन्

साढे २ महिनाअघि भेटिएका बालक लिन अझै कोही आएनन्

###
जनकपुरधाम, कातिक १५ - साढे २ महिनाअघि फेला परेका डेढ वर्षका बालकका आफन्त अझैसम्म सम्पर्कमा आएका छैन । गत साउन ३० गते बेलुकी महोत्तरी बखरीको नहर छेउमा एक बालक रोई रहेको अवस्थामा फेला परेका थिए ।
सुनसान अवस्थामा नहर छेउमा रोईरहेका ती नाबालकलाई धनुषा नगराईनका नागेन्द्रलाल कर्णले देखेपछि उठाएर ल्याई जनकपुर स्थित कविर अनाथ आश्रममा जिम्मा लगाउनु भएको थियो । नाबालक भेटिए लगतै सञ्चार माध्यममार्फत खबर सार्वजनिक भएतापनि हालसम्म कोहि नआएपछि बालकलाई कसैले छाडेको हुन सक्ने आश्रमका सञ्चालक सन्त सत्यनारायण आलोकले जानकारी दिनुभयो । गहुँगोरो रंगका मधेशी समुदायकै जस्तो देखिने बालक सन्तानको रुपमा धेरै व्यक्तिहरु माग्न अएको तर बालकका आफन्त सम्पर्कमा आउछँन् कि भनेर कसैलाई नदिएको आलोकले बताउनुभयो । कोहि आफन्त हालसम्म सम्पर्कमा नआएकोले  अव ती नाबालकलाई नामाकरण गरी आश्रमको छोराको रुपमा अपनाउने आलोकले बताउनुभयो । आलोकले केहि दिनभित्र बालकका आफन्त प्रमाणसहित आए हस्तान्तरण गर्न सकिने पनि बताउनुभयो । 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar