Headlines News :
Home » » मलमासले असारमा लगन टर्‍यो, दशैं तिहार पछि सर्‍यो

मलमासले असारमा लगन टर्‍यो, दशैं तिहार पछि सर्‍यो

###
काठमाडौं, माघ २७ –असारमा विवाहको योजना बनाउँदै हुनुहुन्छ भने थाहा पाइराख्नुहोस् २०७२ सालको असारमा लगन छैन । तर त्यसयता बैशाख, जेठ र असारपछि मंसिर, माघ र फागुनमा भने प्रशस्त लगन जुरेका छन् ।
नेपाल पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार मलमासका कारण असारमा विवाह, ब्रतवन्धको लगन नजुरेको हो । ‘तर विवाह हुने अरु महिनामा भने प्रशस्त लगन छन्’ ढुंगेलले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
मलमासकै कारण दशैं तिहार लगायतका चाडपर्व पनि पछि सरेको छ । आउँदो वर्ष असोज २६ गते घटस्थापना, कात्तिक ५ गते महानवमी र विजयादशमी, कात्तिक २५ गते लक्ष्मीपूजा, २७ गते भाइटीका र मंसिर १ गते छठ पर्व परेको छ ।
यस्तै २०७२ सालमा पनि अहिलेको वर्षजस्तै सार्वजनिक विदा तय गरिएको छ । कुनै कुनै चाडपर्व शनिबारको दिन परेकाले केही बिदा खप्टिएको ढुंगेलले जानकारी दिनुभयो ।
नयाँ वर्षको पात्रो बनाउने काम अन्तिम चरणमा पुगेको र फागुन १८ गतेपछि बजारमा आउनेगरी पात्रो बनाउने काम भैरहेको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar