### |
चर्चित हाँस्यब्यङ्ग्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, शिवहरी पौडेल, चट्याङ मास्टर, रामकुमार पाँडे, कुमार कट्टेल लगायतले उक्त बिषयमा आफ्नो भनाई राखे । कलाकार मदनकृष्ण श्रेष्ठले आफूहरुले हाँस्यका माध्यमबाट ब्यङ्ग्य समेत हान्ने भएकाले हाँस्यब्यङ्ग्य कलाकार भन्न आग्रह गरे ।
कार्यक्रममा चर्चित हाँस्यब्यङ्ग्य लेखक तथा निर्देशक रामशेखर नकर्मी र चर्चित पत्रकार पुष्करलाल श्रेष्ठलाई जनही नगद १० हजार र सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा नायिका दीपाश्री निरौलाले दिएको उपहार विशेष रहन पुग्यो । दीपाले किरण केसीलाई ‘मकैको झुत्ता’ उपहार दिइन् । ‘राता मकै’को नाम अनुसार आफूले मकै दिएको दीपाको भनाई थियो । कार्यक्रममा नेपालका चर्चित हाँस्यकलाकारहरुको बायोग्राफी समेटिएको पुस्तक समेत बिमोचन गरियो ।
किरण केसीले असार १५ मा सधै आफ्नो जन्मदिन हाँस्यकलाकारहरुसँग मिलेर मनाउँदै आएका छन् । उनले असार १५ को अवसरमा दही चिउरा पनि खुवाए ।
## |
0 comments:
...