### |
काठमाडौं, आषाढ ९ । काठमाडौं क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार दीपक कुइँकेल विजयी भएका छन् । हिजो सम्पन्न उपनिर्वाचनको आज प्राप्त परिणाम अनुसार कुइँकेल १८ हजार २ सय मत प्राप्त गरी संविधानसभा सदस्यमा विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले १३ हजार ४ सय २१ मत प्राप्त गरे ।
यस्तै, एकीकृत माओवादीका लिलामणि पोखरेलले ४ हजार ६ सय ४ मत मात्रै प्राप्त गरे भने राप्रपा नेपालका उम्मेदवार नवराज सिम्खडाले ३ हजार ७ सय २४ मत प्राप्त गरे ।
गत मंसिरमा सम्पन्न निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका माधवकुमार नेपाल विजयी भएका थिए । निर्वाचन आयोगले कुइँकेललाई आजै संविधानसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र समेत दिएको छ ।
निर्वाचनमा विजयी भएपछि कुइँकेलले तोकिएको समयमा संविधान जारी गर्नका लागि आफूले इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुलुकमा बहुदलीय व्यवस्था पुनस्थापनापछि लगातार नेकपा एमालेले कब्जा गर्दै आएको यस क्षेत्रमा कांग्रेसले २३ वर्षमा पहिलो पटक जित हासिल गरेको हो ।
क्षेत्र नम्बर २ बाट कुइँकेल विजयी भएको घोषणापछि कांग्रेसले मतगणनास्थल राष्ट्रियसभा गृहबाट विजय जुलुस निकालेको थियो ।

## |
0 comments:
...