### |
काठमाडौं : इराकमा अलपत्र परेका नेपालीलाई सकुशल उद्धार गर्नका लागि सरकारले विशेष पहल थालेको छ।परराष्ट्र मन्त्रालयले इराकमा रहेका नेपाली फर्काउनका लागि पराराष्ट्र मन्त्रालयका अजुर्नकान्त मैनालीलाई विशेष प्रतिनिधिका रुपमा खटाउने भएको छ।
इराकमा सरकारी र विद्रोही सुन्नी समूहबीचको हिंसा र युद्धले गम्भीर रुप लिएपछि त्यहाँ रहेका नेपालीको सुरक्षामा जोखिममा परेको छ। केही नेपालीहरु सरकारी सहयोग र पहलको अभावले अलपत्र पनि परेका छन्।
इराकमा विकसित गम्भीर अवस्थालाई ध्यानमा राख्दै उद्धार कार्यलाई तदारुकताका र बढी समन्वयात्मक तरिकाबाट अघि बढाइ नेपालीहरुलाई सकुशल स्वदेश फर्काउने कार्य समेतका लागि परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनकान्त मैनालीलाई विशेष प्रतिनिधिका रुपमा खटाउने निर्णय भएको परराष्ट्र मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ। नेपाली राजदूतावास कुवेतमा मुकाम कायम गरी आवश्यकता अनुरुप इराक तथा अन्य
मुलुकमा पनि भ्रमण गरी कार्य सम्पादन गर्ने गरी उनलाई खटाइएको हो।
इराकको पछिल्लो सुरक्षा अवस्थाका परिप्रेक्ष्यमा त्यहाँ विकसित घटनाक्रम र त्यसले त्यहाँ रहिरहेका नेपालीहरुमा पारेको प्रभावको विषयमा परराष्ट्र मन्त्रालयले गम्भिरतापूर्वक अध्ययन तथा अनुगमन गर्ने कार्यलाई जारी राखेको परराष्ट्र मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ। यसैगरी इस्लामावाद तथा कुवेतस्थित नेपाली राजदूतावासहरुले उद्धारको आवश्यकतामा रहेका नेपालीहरुको विषयमा संकलित सूचना तथा सम्पादित समन्वयात्मक कार्यहरुका विषयमा परराष्ट्र मन्त्रालयमा सूचना प्राप्त भइरहेको परराष्ट्रले जनाएको छ। इराकमा वैद्यानिक तथा अवैधानिक रुपमा ठूलो संख्यामा नेपाली रोजगारीका लागि पुगेका छन्।
परराष्ट्र मन्त्रालयमा जडान गरिएको टोल फ्रि नं १६६०–०१–००१८६ तथा ईमेल: rescue@mofa.gov.npमा नेपालभित्र तथा बाहिरबाट इराकमा रहेका नेपालीहरुका विषयमा सूचना प्राप्त हुने क्रम जारी नै रहेको छ। परराष्ट्र मन्त्रालय उल्लिखित माध्यमहरुबाट सम्बद्ध सूचनाहरु उपलब्ध गराई उद्धार कार्यलाई सहयोग गर्न परराष्ट्रले सबै नेपालीलाई अनुरोध गरेको छ।इराकमा वैद्यानिक तथा अवैधानिक रुपमा ठूलो संख्यामा नेपाली रोजगारीका लागि पुगेका छन्।

## |
0 comments:
...