###
|
|

भोजपुर, असोज १० – घुस लिएको पुष्टि भएपछि जिल्ला शिक्षा कार्यालय भोजपुरका दुई जना प्राविधिकको जागिर गएको छ ।
विद्यालयमा सञ्चालित भौतिक पूर्वाधारका योजनाको मुल्यांकन गर्दा १० देखि १५ प्रतिशतसम्म कमिशन लिएको पुष्टि भएपछि जयप्रसाद यादव र शैलेस गुप्ताको जागिर गएको हो ।
चार दिनअघि अरुण गंगा प्राथमिक विद्यालय, जरायोटारको चर्पी निर्माणको कमिशनवापत यादवले १५ हजार रकम लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुर्वाञ्चल क्षेत्रीय कार्यालयले घुस लिएकोबारे १५ दिनभित्र प्रतिवेदन पेश गर्न भनेको छ ।
##
|
|
0 comments:
...