Headlines News :
Home » » एमाओवादी उपाध्यक्ष बोगटीको निधन

एमाओवादी उपाध्यक्ष बोगटीको निधन

###
अन्तिम श्रद्धान्जलीकालागि बोगटीको शव खुलामञ्चमा
काठमाडौ, भाद्र ३० - एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधन भएको छ । ६२ वर्षीय नेता बोगटीको नर्भिक अस्पतालमा उपचारको क्रममा आज विहान निधन भएको हो ।

बोगटीको पार्थिब शरिरलाई श्रद्धाञ्जलीका लागि केहीबेर एमाओवादीको पार्टी कार्यलय पेरिसडाँडामा राखिएपछि खुलामञ्च लगिएको छ ।  श्रद्धान्जली दिन प्रधानमन्त्री  शुसिल कोइराला पेरिस डाँडा पुगेका थिए । यस्तै पार्टी कार्यालयमा एमाले, कांग्रेसका मन्त्री तथा नेता  लगायता सरकारी अधिकारीहरु बोगटीलाई श्रद्धान्जली दिन पुगेका थिए ।

यसैगरी बोगटीको निधनमा सरकारले अधिराज्यभरी ३ दीन सम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ  । असोज ५ गते देशव्यापी श्रद्धान्जली सभा गरिने छ ।

पार्टीकार्यालयमा बोगटीको श्रद्धान्जलीपछि उनको पार्थिव शरिलाई अन्तिम श्रद्धान्जलीका लागि खुलामञ्चमा राखिने छ । बोगटीको अन्त्येष्टि आजै साँझ पशुपति आर्यघाटमा हुनेछ ।

बिहीबार  राति हृदयघात र मस्तिष्कघात भएपछि उनलाई सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो । केन्द्रमा मुटुको शल्यक्रिर्या गरेपछि उनलाई नर्भिक अस्पताल लगिएको थियो ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar