Headlines News :
Home » » २१ जिल्लाका किसानलाई इजरायलले लैजाने ,आधुनिक कृषिप्रणालीबारे तालिम दिइने

२१ जिल्लाका किसानलाई इजरायलले लैजाने ,आधुनिक कृषिप्रणालीबारे तालिम दिइने

###
काठमाडौं, असोज ४– किसानलाईलाई आधुनिक कृषिप्रणालीका आधारभुत सीप र ज्ञान प्रदान गर्ने उदेश्यले देशका विभिन्न ८ जिल्लाबाट किसान लगेको इजरायलले फेरि थप किसान लैजाने भएको छ । इजरायली दूताबासका अनुसार त्यहाँ गएका २ सय ५ किसानहरु तालिम लिई नेपाल फर्किसकेका छन् भने अहिले फेरि थप ५ सय १५ युवा किसानलाईलाई उन्नत कृषिप्रणालीका आधारभुत सीप र ज्ञान प्रदान गर्ने उदेश्यले इजरायल पठाउन लागेको हो ।

 दुताबासका अनुसार साना किसान विकास बैंकसँग सहकार्य गरी उनीहरुलाई इजरायल पठाउन लागेको हो । दोस्रोपटकको यस प्रशिक्षणमा इलाम, मकवानपुर, चितवन, धादिङ्ग, गोरखा, तनहु, नवलपरासी, रुपन्देही, दाङ्ग, बाके, झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र बर्दिया गरी २१जिल्लाबाट ५ सय १५ युवा किसान इजरायल जानेछन् । जसमध्ये प्रकृया पुरा भई ३ सय १४ विद्यार्थी इजरायल पुगिसकेका छन् भने बाकी बिद्यार्थीहरु अक्टोबर भित्र इजरायल पुग्नेछन् । उनीहरुमध्ये १ सय ५० लाई इजरायलको किन्नरेट कलेजमा, १ सयलाई आस्केलन कलेजमा, ५० जनालाई रामात नेगेभ डेजर्ट एग्रिकल्चरल रिसर्च सेन्टरमा, १ सय ६५ लाई आराभा ईन्टरनेशनल सेन्टर फर एगिकल्चरल तालिम सेन्टरमा र ५० जनालाई स्दोत नेगेभ रिजनलकाउन्सिलमा तालिम दिइने दुताबासले जानकारी दिएको छ । -
##
Share this article :

1 comment:

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar