|
###
|
बाह्रबिसे (सिन्धुपाल्चोक)- बिहानको ५ बजिनसक्दै आयातकर्ता अर्जुन सापकोटाले तीन कन्टेनर चिनियाँ सामग्री बाह्रबिसेको सुनकोसीमा खसाले। यतिन्जेल ठूलो संख्याका भरिया हातमा नाम्लो बोकेर तैनाथ भइसकेका छन्। 'चित्त बुझ्दो ज्याला दिने हो भने सामान ओसारिदिन्छौं। हामीलाई कामको के हिसाब!'
भरियाको बीचबाट एक जनाले घुर्की लगाउँदै बार्गेनिङ गरेको पाराले भने। व्यापारी सापकोटाले दुवै पक्षलाई मर्का नपर्ने गरी ज्याला रकम प्रस्ताव गर्न भने।
उनीहरूले पोकाको आकारअनुसार ८ सय, १ हजार, १२ सय र १५ सय रुपैयाँसम्म ज्याला माग दाबी गरे। दलदले हिलोमा घुँडा गाड्दै चुइँचुइँती भारी बोक्नु पर्ने बाध्यताका भरिया अडानमा टसको मस भएनन्। दसैं लक्षित सामग्रीमा करोडौं रुपैयाँ फसाइसकेका सापकोटा उनीहरूसामु गले। शारीरिक क्षमताअनुसारका पोका बोकेर सुनकोसीको जीर्ण झोलुंगे पुल तर्दै भरियाको लस्कर छुट्यो।
तीन खेपमा तीन कन्टेनर सामग्री तौथली खोला उतार्दा घाम डुब्न खोज्दै छ। फेरि अर्को कन्टेनरमा 'लोड' गरेर कतिखेर सामग्री राजधानी पुर्यााउने भन्ने चिन्ताले सापकोटा असिनपसिन भइसकेका छन्। 'यत्ति सामान ओसार्न ६ सय जना भरिया लाग्यो,' ज्याला दिँदै उनी भन्दै थिए।
जीर्ण सुनकोसी पुल। धुस्कुनबाट सेनाले भर्खर खनेको नयाँ ट्र्याक, त्यहीँमाथि दलदले हिलो। खाली खुट्टा निथु्रक्क पसिनाले भिजेर हिलोमा गाडिँदै चुइँचुइँती पोकापन्तुरा ओसारिरहेका भरियाको लावालस्कर। केही दिनयता यसै गरी चिनियाँ सामग्री आयात भइरहेको छ। कान्ले पहिरोले अवरुद्ध चीन जोड्ने अरनिको राजमार्गसञ्चालनमा आउने नदेखेपछि व्यापारीले जोखिम मोलेर भरियामार्फत सामान ढुवानी गर्न थालेका हुन्। 'कुनै उपाय र विकल्प नदेखेपछि बोकाउन थालेका हौं,' सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सचिव रहेका सापकोटाले भने।
सेना र व्यापारीले छुट्टाछुट्टै स्थानबाट नयाँ ट्र्याक खन्न थालेपछि हौसिएका आयातकर्ताले छिट्टै अवरुद्ध राजमार्ग जोडिने आसमा करोडौं रुपैयाँका १२ सय कन्टेनर चिनियाँ सामग्री अर्डर गरेका थिए। शनिबार ३७ दिनदेखिको सुनकोसी ताल एक्कासि खिइएर ह्वात्तै बढेको बहाबले नयाँ ट्र्याकसहित राजमार्ग कटान गरेर पुनः सम्पर्क टुटाएको छ।
व्यापारीका अनुसार खासाका गोदाममा ६ सय कन्टेनर सामग्री छन्। सामग्री लोड गरेर तातोपानी झरेका त्यनि नै संख्याका कन्टेनर चिनियाँ भू–भागमा लामबद्ध छन्। व्यावहारिकता हेरेर तातोपानी भन्सारले भन्सार खुला गरिदिएपछि बोकाएर भए पनि सामग्री ओसार्न सम्भव भएको हो। 'दसैंअघिसम्म सामग्री राजधानी नभिœयाए जोखिम मोल्नुपर्छ,' आयातकर्ता नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य राजेन्द्रकुमार श्रेष्ठले भने। उनका अनुसार दसैं, तिहार लक्षित सामग्री भएकाले यही समयमा बजारमा खपत गराउनुपर्ने बाध्यता छ। अर्को सिजनमा फेसन बदलिने भएकाले लगानी सिधै जोखिममा पर्छ।
खुला भन्सारपछि व्यापारीले बाह्रबिसेसम्म कन्टेनरमा सामग्री झारिरहेका छन्। त्यहाँबाट सेनाले खनेको सुनकोसी–धुस्कुन–तौथली–टेकानपुर ट्र्याक हुँदै भरियाले तौथली खोला उतारेको सामान पुनः अर्को कन्टेनरमा राखेर राजधानी पुग्न थालेको छ। झन्डै २ हजार भरिया परिचालित छन्। ८ किमि दुरी सामान बोकेर छिचोल्न ४ घन्टा लाग्छ। रित्तो हिँड्दा यो बाटो ३ घन्टाको हो।
व्यापारी सापकोटाका अनुसार एक कन्टेनर सामग्री ओसार्न डेढदेखि ३ सयसम्म भरिया लगाउनुपर्छ। खाडीचौरबाट खाद्यान्न, व्यापारिक र पर्यटकीय सामग्री पुर्याखउने भरियालाई त्यताबाट चिनियाँ सामान ओसार्नुपर्दा कामले भ्याइनभ्याइ छ। तातोपानी भन्सारले दैनिक १० कन्टेनरसम्म सामग्री भन्सार खुला गरेर जाँचपास गर्दै आएको छ। 'उपाय नभएपछि व्यावहारिकता हेरेका हौं,' तातोपानी भन्सारप्रमुख मीमांस अधिकारीले भने।
भरिया अभाव हुँदा भन्सारले दैनिक जाँचपास गरेजति सामग्री राजधानी पुग्न सकेका छैनन्। दैनिक ५–७ कन्टेनर सामग्री भरियाले ओसारिरहेका छन्। भन्सारका अनुसार यो मौसम दैनिक १३ करोडबराबरका सामग्री राजधानी पठाएर २ करोड रुपैयाँ राजस्व असुली हुने समय हो। कान्ले पहिरोले राजमार्ग अवरुद्ध गर्नुअघि भन्सार यार्डमा जाँच पास भई ७५ कन्टेनर सामग्री राजधानी लैजान तयारी हालतमा थिए। लामो समय कन्टेनरमा राख्नु पर्दा आधा सामग्री भिजेर काम नलाग्ने भएको व्यापारी बताउँछन्।
दुई कन्टेनर परिवर्तन गरी भरियासमेत लगाउनुपर्दा ढुवानी भाडा ४ सय प्रतिशत महँगो पर्न गएको छ। एक कन्टेनर सामग्री तातोपानीबाट राजधानी पुर्यादउन ४ लाख रुपैयाँ भाडामै खर्च हुन गएको व्यापारी बुद्धराज श्रेष्ठले बताए। उनका अनुसार तातोपानीबाट एक कन्टेनर सामग्री बाह्रबिसे उतारेको ६५ हजार तिर्नुपर्छ। त्यति सामग्री ओसार्न भरियालाई ३ लाखसम्म ज्याला तिर्नुपर्छ। 'तौथली खोलाबाट राजधानी पुर्याछउन अर्को २५ हजार तिर्नुपर्छ। तातोपानीमा लोड/अनलोड गर्दा लाग्ने ज्याला पनि ढुवानीमै जोडिन्छ,' उनले भने।
दसैंलाई ध्यानमा राखी व्यापारीले दुई साता लगाएर खोलेको ट्र्याक सुनकोसी तालले बगाइसकेको छ। लेदो र चट्टानले सुनकोसी जलविद्युत केन्द्रको ड्यामका ढोका थुनेर नदीले धार परिवर्तन गर्दा २५ मिटर राजमार्ग कटान गरेकाले पुरानो बाटो तत्काल सञ्चालन ल्याउने विकल्प अन्त्य भएको छ। पारिपट्टिबाट सेनाले खनेको ट्र्याकमा दुईवटा बेलिब्रिज राख्नुपर्ने भएकाले कन्टेनरलगायत सवारीसाधन वारपार हुने अवस्था छैन। फोर ह्विलका साना ट्र्याक्स बुधबारबाट चल्न दिइए पनि ती दलदले हिलोमा फसे। घाम लागेका बेला मुस्किलले त्यस्ता सवारीले ट्र्याक छिचोल्छन्।

##
|

0 comments:
...