Headlines News :
Home » » बोल्नै नजान्ने भाषाको फिल्म खेल्दैछिन झरना ।

बोल्नै नजान्ने भाषाको फिल्म खेल्दैछिन झरना ।

###
नायिका झरना थापा पछिल्लो समय बोल्नै नजान्ने भाषाको फिल्ममा अभिनय गर्ने तयारीमा छिन । उनी मैथिली भाषाको फिल्ममा मुख्य भुमिकामा अनुबन्धित भइसकेकी छिन । रोचक कुरा झरनाले मैथिली भाषा बोल्न त के उनी बुझ्न पनि सक्दैनन ।  तर पनि झरना फिल्ममा अभिनय गर्न तयार छिन । उनले ढुक्कसँग भनिन- ‘भाषा आउदैन तर अभिनय गर्न सक्छु ।झरना दुई मैथिली भाषाको फिल्ममा अनुबन्धित भएकी हुन । ‘अपने देश नेपाल’ र ‘माँ का दर्’द मा उनी मुख्य भुमिका मा हुनेछिन ।
झरनाले फिल्मको स्कृप्ट उत्कृष्ट भएकोले काम गर्न लागेको बताइन । यसअघि पनि मैथिली फिल्मबाट अफर आएको बताउदै उनले पहिले चित्तबुझदो बिषयबस्तु नभएकाले काम नगरेको बताइन  ।
मञ्जिता सिने क्रियशनको ब्यानरमा बन्न लागेको फिल्ममा झरनाको अपोजिटमा विजय कामतले अभिनय गर्नेछन । फिल्महरुलाई राजु चौधरीले निर्देशन गर्नेछन । करिब चार महिनामा सबै काम सकाउने लक्ष्य लिइएको फिल्म मोरङ, सुनसरी, सिरहा लगायतको स्थानमा खिचिनेछ । फिल्ममा अन्य थुप्रै स्थानिय कलाकारहरुको पनि अभिनय रहनेछ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar