|
###
|
युएई, भदौ २८- बैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स युएईको दुबईमा एक नेपालीको शव दुई महिनादेखि अलपत्र छ ।
दाङ हापुर ४ पतेलीका ३६ वर्षका बिनोद भुसालको शव दुबईको अल रशिद अस्पतालको मुर्दाघरमा अलपत्र अवस्थामा भेटिएको हो ।
उहाँ ६ बर्षअघि दुबईको रसअलखोर अबिरमा रहेको क्रिस्टल ग्यालरीमा काम गर्न आउनु भएको थियो । दुई महिना पहिले आफू कार्यरत रहेको कम्पनीको वेयर हाउसको छानो अडाउन राखिएको फलामको पिलरमा झुण्डिएको अवस्थामा उहाँको शव भेटिएको थियो । मृतक भुसालले आत्महत्या गरेको पोस्टमार्टमको रिपोर्टमा उल्लेख गरिएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि स्थानीय प्रहरीले लगेको
थियो, शवलाई कहिले नेपाल पठाउने भनेर कम्पनीका प्रतिनिधिसँग जिज्ञासा राख्दा नेपाली दुतावासले सहयोग नगरेको कारण नेपाल पठाउन नसकिने, बरु मृतकको परिवार मध्ये कसैलाई बोलाएर दुबईमै दाहसस्कार गर्न सकिन्छ भन्दै कम्पनीले झार टारेको कम्पनीमै कार्यरत अर्घाखाँची जुकेनाका शिवलाल पौडेलले बताउनुभयो ।
युएई नेपाली एकता समाजमार्फत शव नेपाल पठाउन सहयोग गरिदिन दुतावासमा आग्रह गरिए पनि युएईका लागि नेपाली राजदुत धनन्जय झाले कम्पनीले वास्ता नगरेकोले दुतावासले सहयोग गर्न नसकिने बताएको कम्पनीमै कार्यरत अर्का नेपाली लक्ष्मी सापकोटाले जानकारी दिनुभयो । चन्दा सकंलन गरेरै भए पनि शव नेपालसम्म पठाउन सहयोग गर्ने युएई नेपाली एकता समाजका अध्यक्ष कृष्ण केसीले बताउनुभयो ।

##
|

0 comments:
...