Headlines News :
Home » » हिन्दू–मुस्लिम सँगै तिहार मनाउँदै

हिन्दू–मुस्लिम सँगै तिहार मनाउँदै

###
महोत्तरी : महोत्तरी जिल्लाका गाउँनगर बस्तीका इस्लाम धर्मावलम्बीले पनि दीपावली पर्वमा उत्साहपूर्ण सहभागिता जनाएका छन् ।

देउसीभैलो खेल्ने काममा पनि मुसलमान युवा सहभागी भएका छन् ।  तिहारमा इस्लाम धर्मावलम्बी युवाको सहभागिताले आपसी सद्भाव वृद्धिमा सहयोग पुगेको सुकुम्बासी समस्या समाधान समितिका अध्यक्षसमेत रहनुभएका बर्दिवास–७ का  ५२ वर्षीय भानुभक्त पोखरेलले बताए ।

जिल्लाका सघन बस्तीका बर्दिवास, सीतापुर, सम्सी, मटिहानी, रामगोपालपुर, औरही, गौशालाजस्ता बजार क्षेत्रमात्र नभई जिल्ला सदरमुकाम जलेश्वर नगरका बस्तीमा पनि मुसलमान युवा दीपावली पर्वमा घर घरमा झिलिमिली बत्ती बाल्न र  हिन्दू युवासँगसँगै देउसीभैलो खेल्न मग्न देखिएका छन् ।

दीपावली पर्वमा खासगरी युवाले गर्ने रमाइलोमा हिन्दू र इस्लाम युवा बराबरी देखिने गरेको भङ्ताहा–३ का ८० वर्षीय मुस्लिम अलिमन राइनले बताए ।

इदुलफित्र, इद–उल–जोहा, मुहर्रम र सवेबरातजस्ता आफ्ना पर्वमा हिन्दू युवाको हुने सक्रिय सहभागिताले आफूहरूलाई हिन्दूले मनाउने चाडबाडमा सहभागी हुन प्रेरित गरेको मुसलमान युवाको भनाइ छ ।

एउटै बस्तीका बासिन्दा भएकाले एकार्काको पर्वमा सहभागी हुँदा सामाजिक सम्बन्ध प्रगाढ हुनका साथै दुखःसुख बाँड्ने कुरामा आपसी सहयोग बढ्ने गरेको हसिर्वा–७ का ३० वर्षीय  इस्लाम अन्सारीले बताए । रासस 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar