###
![]() |

जबाफमा नेपालले २२ ओभरमा १ विकेट गुमाई ७३ रन बनाएको समयमा खेल रोकिएपछि डकवर्थ लुइसको सहरामा नतिजा नेपालको पक्षमा आएको हो।वर्षाले खेल रोकिनु अगाडीको अन्तिम ३ बलमा सुवास खकुरेलले २ चौका प्रहार गर्नु अन्तमा नेपालको विजयको आधार बन्यो। सोमबार मात्र नेपाल र अमेरिका बीचको खेल वर्षाले अनिनिर्णत भएको थियो।
...............
काठमाडौं- अाइसिसी विश्व क्रिकेट डिभिजन तीनअन्तर्गत अहिले नेपाल र अमेरिकाबीचको खेल चलिरहँदा पानी परेपछि खेल रोकिएको छ। मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी अोभल मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले नेपाललाई २ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ। जवाफि ब्याटिङ गरिरहेको नेपालले २२ ओभरको खेल सकिँदा १ विकेट गुमाउँदै ७३ रन जोडेको छ। डक वर्थ लुइस पद्धतीअनुसार वर्तमान अवस्थामा नेपाल ९ रनले अगाडि छ। यदि पानी परिरहेर खेल अवरुद्ध भएमा नेपाल विजयी घोषित हुनेछ।
-------
नेपाललाई अब ३५ ओभरमा १ सय ७९ रन आवश्यक छ। अहिले सुवास खकुरेल र उपकप्तान ज्ञानेन्द्र मल्ल क्रिजमा छन्। सुवासले ५३ बलमा २८ र ज्ञानेन्द्रले ३४ बलमा १५ रन हानेका छन्।
नेपालका ओपनर ब्याट्सम्यान नरेश बुढायर ३ बल खेलेर शुन्य रनमै क्याच आउट भएका हुन्।
---------
अमेरिकाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २ सय २३ रन बनायो। अमेरिकाका लागि फहिद बबरले सर्वाधिक ५९ रन बनाए। उनले ११४ बल खेल्दै चार चौकासहित ५९ रन बनाएका हुन्। त्यस्तै अमेरिकाका लागि तिमिल पटेलले ३९, स्टिभन टेलरले ३६ र मोहम्मद घोसले अविजित २७ रन बनाए। घोसले १८ बलमा दुई छक्का र दुई चौका प्रहार गरे।
नेपालका लागि शक्ति गौचनले तीन र बसन्त रेग्मी र सागर पुनले दुई दुई विकेट लिए।
वर्षाका कारण अवरुद्ध हिजोको खेल अाज सुरुबाटै भएकाे हो। नेपाली टिममा अाज शरद भेषावकर छैनन्। उनकाे ठाउँमा अारिफ शेखलाई खेलाइएकाे छ।
##
![]() |
0 comments:
...