Headlines News :
Home » » पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन स्वीकृति

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन स्वीकृति

###
काठमाडौँ, सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएको छ । मन्त्रीपरिषद् बैठकले सोमबार २१ करोड ५० लाख अमेरिकी डलर (२१ अर्ब रुपैयाँ) मा काम थाल्ने निर्णय लिएको हो । सरकारका प्रवक्ता मिनेन्द्र रिजालका अनुसार सरकारको यो निर्णयपछि पर्यटन मन्त्रालयलाई विमानस्थल निर्माण सुरु गर्न कुनै अवरोध आउने छैन ।

प्राधिकरणले सबैभन्दा कम लागत प्रस्ताव गर्ने चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङसँग गत जेठमा निर्माणसम्बन्धी सम्झौता गरिसकेको छ । प्राधिकरण र सीएएमसीईबीच जेठ ९ मा २१ करोड ६० लाख डलरमा निर्माण गर्ने सम्झौता भएको आजको कान्तिपुरले समाचार छापेको छ । सुरुमा उक्त कम्पनीले सबैभन्दा कम ३० करोड ५० लाख अमेरिकी डलर लागत प्रस्ताव गरेको थियो ।

 त्यसपछि पनि लागत बढी भएकाले पुनः लागत संशोधनका लागि समिति बनाइएको थियो । कम्पनीले गरेको प्रस्तावमा निर्माण गर्न नसकिने सरकारी निर्णयपछि कम्पनी र नागरिक उड्ययन प्राधिकरणबीच पटक-पटक वार्ता भएको थियो । त्यसपछि सरकारले गरेको नयाँ अनुमानित लागतमा काम गर्न कम्पनीले सहमति जनाएको हो ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar