Headlines News :
Home » » सही उपचार दिने हो भने पारस शाह पनि मैले जस्तै नयाँ जीवन जीउँछन्

सही उपचार दिने हो भने पारस शाह पनि मैले जस्तै नयाँ जीवन जीउँछन्

###
लागूऔषधको लागि परीक्षा छाडेर, क्यालकुलेटर बेचेर छिमेकी राष्ट्र भारत गएँ
केही समययता सञ्चार माध्यममा चर्चाको बिषय बन्यो पारस शाहको अपत्यारीलो तस्वीर र थाईल्याण्डमा गाँजासहीत पक्राउ परेको खबर। फोटो हेर्दापनि ठिट लाग्दो थियो। पारस शाहका विषयमा प्रकाशित भएका प्रत्येक विचार, खबरलाई पछ्याईरहेको थीए।

दमक, २०७१/०६/२९ गते बुधबार म आफ्नो कार्यकक्षमा केही पुराना तथ्याङ्कहरु केलाईरहेको थीएँ। मेरो ध्यान स्काईपमा आएको सन्देशले खिच्यो, त्यो सन्देश थाईल्याण्ड निवासी मनोचिकीत्सक साथीको थियो। सन्देश यस्तो थियो “तीम्रो देशका पूर्व युवराज थाईल्याण्डमा पक्राउ परेछन् नि थाहा पायौ?” मलाई त्यो सन्देशले झस्कायो। अनी लाग्यो मौका यही हो,  सूचना दिने जनचेतना फैलाउने।
हुनत, धेरै पहिलादेखि नै मेरो आफ्नो कथा, लागूऔषधसँगको घम्साघम्सी, जीवनका उतार चढाव सुनाउने मौका खोजिरहेको थीए। बेला–बेला पत्रकार मित्रहरुसँग भेटहुँदा भन्ने गर्नु हुन्थ्यो, 'बिमल जी तपाईको कथाले सन्देश दिन्छ छाप्नुपर्छ।' सुरूभयो मेरा कष्टकर दिनहरू, न त म लेखक, न म पत्रकार। शब्द जोड्ने, फाल्ने खेलले म गले। तर विषय गम्भीर साथै सफलताको कथा थियो, जोस थियो, उमंग थियो।
मैले लागूऔषध प्रयोग गर्न छाडेको पनि १० वर्ष बितीसकेको रहेछ। लागूऔषध प्रयोगको कारण परिचीत थियो प्रेममा धोका।
मलाई याद छ पहीलोपटक मैले उसको नाममा रक्सी पीएको थिए। साथीसंगी, खराब संगत मेरो दिनचर्या बनिसकेको थियो। उनी मभन्दा जुनीयर कक्षामा पढ्थीन। उनलाई हेर्न, प्रभावीत पार्न म कक्षा छोड्ने गर्थे। त्यसको नतिजा गाँजा तान्ने साथी बनाए। जब मैले अथक प्रयास गर्दा पनि आफूले चाहेको प्रेमिका पाउन असफल रहे, भान हुन्थ्यो जीवन बाचेकै उनको लागि थियो। बिस्तारै गाजाँ, चुरोट हुँदै कडा खालका लागूऔषध प्रयोग गर्नथाले। जति जती म लागूऔषधको नजिक पुगे, उनी त्यती टाढा भईन। जाबो यति सानो असफलताले मलाई त्यत्रो हल्लाएको थियो।
पारस शाह झन पूर्व युवराज— त्यो मान–सम्मान, रवाफ अनि शक्ति त्याग्नुपर्दा कति विचलित भए होलान? राजतन्त्रको अन्त्यसँगै भएका मनोसामाजिक समस्यासँग सामना गर्न नसक्नु पनि पारस शाहको लागूऔषधको प्रयोगको कारण हुन सक्छ। तथापी उनी पहिले देखिनै लागूऔषध प्रयोगकर्ताको रूपमा नचिनिएका होईनन्, एक्कासी राजतन्त्र ढल्नु उनको लागि अर्को कारण हुनसक्छ लागूऔषध प्रयोग बढ्नुमा।
भनिन्छ मानीस कोही पनि आफैमा राम्रो र नराम्रो हुदैनन्। पारस शाहले पनि आफ्नो शक्तिको कही सदुपयोग त कही दुरूपयोग गरे। सदुपयोगको उदाहरण सागर प्रसाईको सेतोपाटीमा प्रकाशित लेख “पारस शाहले व्हिलचेयर दिएपछि म ढाडमा बोकीनुपरेन” ले पुष्टी गर्छ। नेपालमा राजतन्त्रको अन्त्य भयो तर त्यसले पारेका सामाजिक असरहरु अगन्य रहे। प्रकृतिक प्रकोपले घर बेघर हुँदा, राहत बाडिन्छ, मनोचिकित्सकका सल्लाह अनुसार मनोसामाजिक समस्याको उपचार गरिन्छ। तर पूर्व राजपरिवारमा आएको मनोसामाजिक समस्याको गणना भएन। सामाना गर्न सक्नेले गरे, अगाडि बडे नसक्ने त्यही रहे र लागूऔषध प्रयोगकर्ता बने। त्यो पनि कारकतत्व बन्यो आज थाईल्याण्डमा पूर्वयुवराज पक्राउ पर्नुमा।
विश्व स्वास्थ्य संगठनले सन १९५८ मा नै लागूऔषध प्रयोगमा हुने निर्भरता एक रोग हो भनेको छ। दैनिक जीवनमा आउने समस्यासँग जुध्न नसक्नु र बैकल्पिक साधनका रूपमा लागूऔषध प्रयोग गर्नु एक मनोवैज्ञानिक कारण हो। तर, खेद आजपनि लागूऔषध प्रयोग एक अपराधको रूपमा हेरिन्छ।
म पनी ९ वर्ष लामो लागूऔषध प्रयोगबाट थकित भएँ, सुरूसुरूमा मलाई लाग्दैन थियो म छोडन् नसक्ने अवस्थामा पुग्छु। दुःख बिर्सन प्रयोग गरे, साथीलाई नाई भन्न नसकेर प्रयोग गरे। तर, बिडम्बना म यो भूमरीबाट निस्कन सकिन, मेरा प्रत्येक बिहानी नशाभित्र कृतिम नशा प्रयोग गरे सँगै सुरू हुन्थ्यो, म कक्षा १२ को परीक्षा दिँदै थिएँ, लेखा विषयको परीक्षाको दिन लागूऔषधको लागि परीक्षा छाडेर, क्यालकुलेटर बेचेर छिमेकी राष्ट्र भारत गए।
लागूऔषधको निर्भरताले गलाएको थियो मलाई, घरको सामान बेचेर, बिभिन्न बहानामा घरमा पैसामागेर भएपनि म आफ्नो आवश्यकता कता पूरा गर्थे। तर, कता–कता नराम्रो पनि लाग्थ्यो बाबाको रुन्चे अनुहार याद आउथ्यो अनी गल्तीको आभास हुन्थ्यो, तर के गर्ने छेपारोको कथा जस्तो पछुतो मान्यो भोलि फेरि उस्तै, चाहेर पनि छोड्न सकिन मैले लागूऔषध।
आम मानीसले सोच्ने भनेको मन दह्रो पार्नुपर्छ छोडन् सकिन्छ। तर मन दह्रो पार्दा पनि छोड्न सकिनँ। अनेक प्रयास असफल रहेँ। जसको कारण लागूऔषध प्रयोग गरेँ, उसलाई बाटोमा भेट्दा पो थाहा भयो उनी भन्दा प्यारो त पो लागूऔषध बनिसकेको रहेछ। भावनाको बेगहरु थाम्न सक्दिन थिएँ।
जीवनको रफ्तार यसरीनै अगाडि बढीरहेको थियो, तर धन्न परिवारको माया र साथले उपचारको मौका पाएँ। पहिलो उपचार असफल रहे पनि दोस्रो भने सफल रह्यो र आज म १० वर्षदेखि लागूऔषध मुक्त जीवन बाँचिरहेको छु।
आज महसुस हुन्छ लागूऔषधले जीवन वर्बाद पार्दोरहेछ। पढाई ढिलो भयो, समाजमा कुलङगार भईयो, परीवारको सपना तुहियो। लगभग विगत दस वर्षमा ३०० को हाराहारीमा लागूऔषध प्रयोगकर्तालाई परामर्श दिईसकेको छु कोही नयाँ जीवन बाँचिरहेका छन्, केही पुरानै यादहरूमा डुबिरहेका छन्। सफलताले नयाँ जोस भरेको छ। नयाँ जीवन पाउने हरुले “धन्यवाद दाई” भन्दा जीवनको अतृप्त आनन्द पाउँछु र पाईरहेकैछु।
मलाई विश्वास छ, यदी सही उपचार दिने हो भने पारस शाह पनि मैले जस्तै नयाँ जीवन जीउन सक्छन्। मलाई परीवारको सहयोग अमृत बन्यो। पारस शाहलाई पनि उनको परीवार र सम्पूर्ण नेपालीको सहयोग र मायाको खाचोँ छ।
आज नेपालमा करिब करीब १ लाखभन्दा बढी पारश शाह जस्ता लागूऔषध प्रयोगकर्ताहरूको जमात छ। "Perceived Parenting" एउटा Terminology छ मनोबिज्ञानमा, अभिभाकत्व आफ्नो सन्तानले कसरी ग्रहण गरीरहेका छन्, साथी संगत कस्तो छ? विषेश गरि निर्णय गर्ने क्षमता कस्तो छ? भन्ने कुराहरु लागूऔषध प्रयोगको रोकथाम गर्नलाई मुख्य कसी हुन्।
पारस शाह तिमी जहाँ भए, आफ्नो समस्या समाधान गर, नेपाल आउ एक लाख नेपालीको सेवा गरुम हामी सवैको साथ सदैव रहनेछ, तीम्रो सुधारमा। यो लेख राजपरिवारको वकालत होइन, यो एउटा वकालत हो लागूऔषध प्रयोगकर्ताको।via Setopati
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar