|
###
|
भाइबहिनीहरू कत्तिको कम्प्युटर चलाउँछौ? तिमीहरूमध्ये धेरैको स्कुलमा कम्प्युटर विषयको पढाइ पनि हुन्छ होला। कम्प्युटरले के काम गर्छ भनेर थाहा नहुने त कमै होलाउ। आज हामी कम्प्युटर चलाउँदा कसरी बस्ने भनेर सिकाउने छौं।सामान्यतः कम्प्युटर चलाउनेहरू ५ देखि ७ घन्टासम्म बिताउने गर्छन् भन्ने अनुमान गरिएको छ। योबाहेक व्यक्तिगत रूपमा कतिपय मानिस अझ लामो समय पनि बस्छन्। लामो समयसम्म एकै स्थानमा बसेर चलाउँदा शरीरलाई विभिन्न किसिमबाट हानि गरिरहेको हुन्छ। त्यसैले अहिल्यैदेखि कम्प्युटर चलाउँदा केही कुरालाई ख्याल गर्दा शरीरमा हुने नोक्सानी कम हुनेछन्।सीधा बसेर चलाउने:
कम्प्युटर चलाउँदा सधंै सीधा बस्ने गर्नुपर्छ। कुर्सीको पछिल्लो भागमा हिप राखेर ढाड सीधा बनाएर बस्नुपर्छ। यसरी सीधा हँुदैन भने कुर्सीमा तकिया वा चकटी राखेर भए पनि ढाडलाई सीधा बनाउनुपर्छ। बस्दा पैतालाले जमिन छोएको हुनुपर्छ। हात भने सीधा कम्प्युटरको किबोर्डमा पुग्ने किसिमको हुनुपर्छ।
किबोर्ड नजिक हुनुपर्छ:
किबोर्ड सधंै नजिक हुनुपर्छ। योबाहेक किबोर्ड शरीरको बीचमा भएमा अझ राम्रो हुन्छ। चलाउँदा हात झुन्डिनु हँुदैन। सधैं नाडी र हात समानान्तर अवस्थामा हुनुपर्छ। किबोर्ड सीधा हुँदा चलाउन अप्ठेरो हुन्छ। लामो समय चलाइरहँदा नाडीमा समस्या आउन सक्छ। त्यसैले किबोर्डलाई पछाडिको भागबाट केही ठाडो बनाउनुपर्छ। यसका लागि किबोर्डको पछिल्लो भागमा स्टयान्ड पनि हुन्छन्, तिनको प्रयोग गर्नुपर्छ।
मोनिटरको अवस्था:
कम्प्युटर चलाउँदा हामीले लामो समय हेर्ने वस्तु भनेकै मोनिटर हुन्छ। त्यसैले मोनिटरको स्थितिलाई पनि ध्यान दिनुपर्छ। आफूले चलाउने मोनिटर धेरै उज्ज्यालो पार्नु हँुदैन। मोनिटर धेरै उज्ज्यालो हँुदा आँखालाई असर पुर्याउँछ। यसलाई सधैं आँखाको समानान्तर राख्नुभन्दा २-३ इन्च तल हुनु राम्रो हुन्छ। आफूले कम्प्युटरमा काम गर्ने डकुमेन्टलाई मोनिटरको समानान्तर रूपमा दायाँ वा बायाँ राख्नुपर्छ। अँध्यारो कोठामा बसेर कम्प्युटर चलाउनु हुँदैन। कम्प्युटर सधंै बत्ती बालेर चलाउने गर्नुपर्छ। यसो गर्नाले आँखामा दबाब कम पर्छ।
माउस कता हुनुपर्छ?
कम्प्युटरको सहयोगी उपकरणको रूपमा रहेको माउसको स्थितिलाई सही ढंगले राख्न नसकेमा यसले हातलाई पीडा दिन्छ। त्यसैले माउसलाई सधंै किबोर्डकै समानान्तर स्थानमा राख्नुपर्छ।
आराम गर्ने: कम्प्युटरमा लामो समय काम गर्दा शरीरमा हानि गरिरहेको हुन्छ। त्यसैले कम्प्युटरमा लामो समय काम गर्नु छ भने आधा-आधा घण्टामा बिश्राम गर्ने गर्नुपर्छ।
|
##
|

0 comments:
...