Headlines News :
Home » » ५ वर्ष सम्म उस्तै छ लाहाचोक

५ वर्ष सम्म उस्तै छ लाहाचोक

###
अबिश अधिकारी (भिम) पोखरा


भनिन्छ नि समय आउछ सबै परिवर्तन हुन्छ तर परिवर्तन हुन अझै सकेन लाहाचोक! बिकासका हरेक खुड्कीला पार गर्नु पर्ने गाऊ जस्ताको तस्तै छ अझै ! बिभिन्न राजनितिक दल एव बिभिन्न धर्म सस्कृतिको संगम थलो हो लाहाचोक यहा कुनै जाति बिशेषको बहुल्यता छैन सबै समान नै छन तर पनि बिकास हुन सकेन यस बिसयमा नत स्थानिय सरकार को चासो छ नत स्थानिय कै चासो छ केवल राजनितिक खिचातानी मात्र छ बिकासको त कुरै छोडौ !

बान्टाकुर मन्दिर निर्माणको लागी नेपाल सरकारको रातो कितावमा कालो मसीले लेखिसकेको छ तर चासो दिने कुन निकाय ? यसैमा चिन्तित छन स्थानिय डम्बर बहादुर क्षेत्री! यस मन्दिरलाई जीणोद्दार गर्न सकियो भने राष्टिय तथा भारतिय भर्मालम्बीहरूको घुईचो लाग्ने बताउनुहुन्छ स्थानिय क्षेत्री ! लाहाचोक यात्राका क़ममा हामीले सबै पक्षको राय सल्लाहा एव विविध बिसयमा छलफल र परामर्शमा केन्द़ित थियौ यसै क़ममा शिक्षण पेसामा आवद्द लीलाधर अधिकारी सग गरेको संक्षिप्त कुराकानी:-

१. ५ वर्ष सम्मा उस्तै छ नि लाहाचोक ?
>> हजुर उस्तै छ सायद पोखरा देखी १३ कि मि को हाराहारी मा रहदा पनि बिकास हुन नसक्ने गा बि स यहि होला!
२. बिकासको चरम गतिमा रहेको पोखरा देखी यति नजिक छ तर पनि बिकासको खुड्किलो पार गर्न नसक्नु कुन पक्षको उदासिनता देख्नुहुन्छ तपाई??
>> सही प़श्न गर्नु भयो धन्यबाद! बास्तबमा लाहाचोक सनो छ र पुर्ब दक्षिण सेति नदि ले घेरेको छ र उत्रर पश्चिम हुदै सेतिमा जोडियको मर्दि खोला छ यहाबाट हजारौ ट़क ढुंगा बालुवा पोखरा निकासी हुन्छ यहाको गुलियो स्वाद जि बि स ले चुसीराखेको छ तर लगानि केही गरीदैन अर्को कुरा गाबिस सानो छ तर राजनिति ठुलो हुन्छ यसै कारणले यो लाहाचोक सदै उस्तै छ!
३. अन्तमा यहाको स्थानिय सरकारलाई के भन्न चाहानु हुन्छ ??
>> बिकास तेरो मेरो हैन हामी सबैको लागी हो कुनै ब्यक्ती बिशेषलाई फाईदा हुने हैन हामी सबै लाई हो यो बुज्न जरूरी छ र बजेट छुट्याउदा सर्बप़थम बाटो लाई प़ाथमिकता दिईयोस र सकरात्मक परिवर्तन तिर लाग्न सबैलाई अनुरोध गर्दछु!!

हामी ५ दिन यात्रा कै क़ममा लाहाचोक को बसाई अति नै अर्थपुर्ण रूपले हेऱ्यौ करिव मिलनचोक देखी ३.५ कि मी को बाटो पार गर्न ट्याक्सी मा करीब १५०० तिर्नु पर्ने अवस्था छ ता कि यो बाटो बस यात्राको क़ममा जम्मा २० रूपैया को हो यसरी महंगो भाडा दर तिर्नु परिरहेको स्थानिय एव शिक्षक रामचन्द अधिकारीले बताउनु हुन्छ!

मिलनचोक देखि खानेपानी ड्याम सम्म गत वर्ष पिच (पक्की बाटो) बनिसकेको थियो तर त्यो बाटो ठेकेदार कम्पनिले केवल झारा टार्ने काम मात्र गरेको स्पस्ट देख्न सक्छौ पिच बाटोको नमुना सम्म देख्न पाउदैनौ! बाटो बनेको १ हप्ता बाट नै भत्किदै गयो अहिले नाम निसाना नै छैन भन्छन स्थानिय एव होटल ब्यवसायी मधुसुदन अधिकारी!

लाहाचोक एक सुन्दर एव पर्यटकिय स्थल हो अन्नपुर्न संरक्षण क्षेत्र मै पर्छ लाहाचोक यहि बाटो बर्सेनी बिदेशी पर्यटक पैदल यात्रा गर्छन र सरकारले यहि भुमी बाट बिभिन्न नाममा रोयल-टी लिने गर्छ तर बिकासको लागी कुनै चासो राखेको छैन !

माछापुच्छे हिमालको काखमा रहेको रमणिय एव पर्यटकिय दृष्टिकोणले अति नै सुन्दर गाउ स्वच्छ हावापानी ले सुसोभित छ! कयौ कुन्टल चामल पोखरा निकासी हुन्छ दुध दैनिक रूपमा १५०० लिटर पोखरा निकासी हुन्छ तरकारी हजारौ किलो दैनिक रूपमा पोखरा खपत हुन्छ तर समस्या उही बाटो को छ ! यदि बाटो स्थायी हुन सक्यो भने केही समयमा नै लाहाचोक ले ठुलो खुड्कीलो पार गर्ने छ र यहाका पर्टकिय स्थल पातिखोला गुफा बान्टाकुर मन्दिर मौला देबी एव देउराली मन्दिर संरक्षण हुन सके आन्तरिक एव बाह्य पर्यटक मा बृद्धी हुने छ!

अन्तमा राजनिति होस तर बिकास निर्माणको बिषयमा कदावी नहोस! २०३० सालमा पठ्न पाहीयको महेन्द़ माला फेरी पढ्न पाहीयोस ! मर्दिले खेति योग्य जमिन काटान गरिरहेको छ सम्बन्धित निकाएले चासो दियोस! लोप हुन लागेको मौला देबिको पुजा फेरी सुरूवात होस अर्मलामा रहेको देउराली मन्दिरको संरक्षण होस बान्टाकुर मन्दिरको संरक्षण एव प़चार प़सार होस! चार ठाउबाट बाटो चाहिएको छैन एकै ठाउबाट बाटो पक्की वनाईयोस र उत्पादित खाद्य एव तरकारी दुध सहज निकासी होस स्थानिय निकायको समयमै चासोका साथ रहिरहोस आगामी वर्ष बिकासको गति चरम बिन्दुमा पुगे यहाका कृषकलाई ठुलै राहत हुनेछ!!
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar