Headlines News :
Home » » नुवाकोट बस दुर्घटना: मृत्यु हुनेको संख्या १२ पुग्यो (अपडेट)

नुवाकोट बस दुर्घटना: मृत्यु हुनेको संख्या १२ पुग्यो (अपडेट)

###
 काठमाडौंबाट रसुवाका लागि छुटेको बस नुवाकोटको बेलकोटमा दुर्घटना हुँदा कम्तिमा १२जना यात्रुको मृत्यु भएको छ।
नुवाकोटको बेलकोट ती-गाउँस्थित अर्कोटे भीरमा बा २ ख २२६६ नम्बरको बस सडकबाट १५० मिटर तल खस्दा कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै करिब ५५ जना घाइते भएका छन् ।
५२ जना घाइतेको उद्धार गरी काठमाडौं र विदुरस्थित जिल्ला अस्पतालमा उपचारका लागि लगिएको प्रहरी नायब उपरीक्षक अरुण पौडेलले जानकारी दिएका छन् ।
९ जनाको घटनास्थलमा, १ जनाको त्रिशुली अस्पताल र २ जनाको उपचारका लागि काठमाडौं लैजादै गर्दा मृत्यु भएको पासाङ् ल्हामु यातायात सेवा समितिका महासचिव एवम् उद्धार समितिका संयोजक रवि रिमालले जानकारी दिएका छन् ।
सडकबाट निकै तल भीरमा खसेको बस नराम्रोसँग कुच्चिएकोले बसभित्रै थिचिएर मृत्यु हुनेको संख्या धेरै हुनसक्ने उनले बताए । मृत्यु हुनेमा २ जना इजरायली नागरिकसहित अन्य १ विदेशी समेत छन् । रिमालका अनुसार बसमा यात्रा गर्नेमध्येमा ट्रेकिङ्का लागि जाँदै गरेका करिब ९ जना विदेशी समेत थिए ।
बसमा गाडिधनी कविन्द्रलाल श्रेष्ठ परिवारसहित यात्रा गरिरहेका थिए । श्रेष्ठ घाइते छन् भने उनकी छोरीको मृत्यु भएको भन्ने खबर अाफूले भर्खरै पाएको अस्पतालमा रहेका रिमालले बताए । घाइतेहरुको जिल्ला अस्पताल त्रिशुली, मेघा अस्पताल, जनमैत्री अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई काठमाडौं लगिएको छ ।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् स्थानीय बासिन्दाद्वारा उद्धार कार्य भइरहेको छ ।
पासाङल्हामु राजमार्गको भिरबाट करिब १५० मिटर तल बस खसेको हो । साँघुरो र बिग्रेको सडकमा ‘ओभरलोडेड’ बस दुर्घटना भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए । उनले घाइतेहरुको उद्धारका लागि हेलिकोप्टरसमेत परिचालन गरिएकोे जानकारी दिए ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar