Headlines News :
Home » » नुवाकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो

नुवाकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो

###
नुवाकोट— काठमाडौंबाट रसुवाको धुन्चेतर्फ जादै गरेको बा २ ख २२६६ नम्बरको यात्रुबाहक बस दुर्घटनाग्रष्त हुँदा १ विदेशी सहित ११ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दिलबहादुर राईले बताए। १ सय भन्दा बढी यात्रु लिएर धुन्चेतर्फ जाँदै गरेको बस बेलकोट तिगाउँमा सडकबाट १ सय मिटर तल खसेर दुर्घटना भएको हो। बसमा यात्रारत ५० भन्दा बढी यात्रु घाइते छन्।

मृत्यु भएकामध्ये स्पेनकी एक विदेशी महिला नागरिक सहित ६ जनाको शव काठमाडौं स्थित शिक्षण अस्पताल महाराजगन्ज, ४ जनाको शब ग्रिन सिटी अस्पताल बसुन्धरा र १ जनाको शब त्रिशुली अस्पताल त्रिशुलीमा राखिएको प्रहरीले जनाएको छ। मृत्यु भएका तथा गम्भीर घाइते भएकाहरुको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेहरुको उपचारका लागि काठमाडौं पठाइसकिएको छ।

तिहार तथा चाडपर्वको समय पारेर छतभरी यात्रु हालेर रसुवाको टिमुरे जादै गरेको उक्त बस बेलकोट ५ आरकोटे भिरबाट खसेको थियो। करिब १०० जना यात्रु लिएर टिमुरेको लागि बिहान ६ बजे राजधानीबाट हिँडेको बस साघुरो सडकको घुम्ति मोड काट्ने क्रममा अनियन्त्रित भएर सडकबाट १ सय मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएकाहरुको नेपाली सेना फ्रष्ट राइफल गण देविघाटले उद्धार गरेको थियो। नेपाली सेनाले बिरामीलाई प्राथमिक उपचार साथै उद्धारमा सहयोग गरेको स्थानीयले बताए।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar