###
![]() |
काठमाडौं : गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व समुदायसामु परिचित गराउन आगामी वर्ष ब्रसेल्समा अन्तर्राष्ट्रिय सम्मेलन गरिने भएको छ। लुम्बिनीको प्रबद्र्धन गर्ने उद्देश्यले अभियानले बुद्ध जयन्तीको अवसरमा वैशाख पूर्णिमाका दिन ब्रसेल्समा अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले दिए। कतिपय मुलुकका पाठ्यपुस्तकमा गौतम बुद्धका बारेमा राखिएका गलत जानकारी सच्याउन अभियानले पहल गर्दै आएको छ।

अभियानले सम्मेलन सरकारसँगको सहकार्यमा गर्न लागेको जानकारी प्रधानमन्त्री सुशील कोइरालालाई पनि गराइसकेको छ। संयुक्त राष्ट्रसंघको ६९ औं महासभालाई सम्बोधन गरेर फर्कने क्रममा बेल्जियम पुगेका प्रधानमन्त्री कोइरालालाई भेटेर अभियानले गौतम बुद्ध र लुम्बिनीको प्रवद्र्धनका लागि आफूहरूले युरोपमा सञ्चालन गरेका गतिविधि र आगामी दिनमा गर्न लागेको क्रियाकलापबारे ज्ञापनपत्र बुझाइएको आचार्यले बताए।
'हामीले सञ्चालन गरेका गतिविधिबारे जानकारी गराएपछि प्रधानमन्त्रीले त्यसलाई गम्भीरतापूर्वक लिएर सरकारले सहयोग गर्ने आश्वासन दिनुभएको छ', आचार्यले टेलिफोनमा भने। ज्ञापनपत्र बुझाउनेमा अभियानको विश्व समितिका सदस्य सन्तोष न्यौपाने, लुम्बिनी कपिलवस्तु दिवस अभियान राष्ट्रिय समितिका बेल्जियम सल्लाहकार रवीन्द्रमान श्रेष्ठ, गंगाधर गौतम र सदस्य डिल्लीराम भण्डारी, विमल गिरी, रजनी प्रधान, सीता सापकोटा, दुर्गाप्रसाद सुवेदी र ओम शर्मा थिए।

##
![]() |
0 comments:
...