### |
आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ मा नेपालले सिंगापुरलाई विशाल रनअन्तरले हराएको छ ।
काठमाडौं, कार्तिक ९ । मलेसियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिमिजन थ्र्री प्रतियोगितामा नेपालले दोस्रो जित दर्ता गरेको छ । नेपालले आजको खेलमा सिंगापुरलाई १ सय ६० रनले पराजित गरेको छ । नेपालले दिएको २६४ रनको चुनौति पुरा गर्न नसेकेपछि सिँगापुरले हार ब्यहोर्नु परेको हो । सिंगापुरले २१.२ ओभरमा सबै विकेटको क्षतिमा ७३ रन बनाउन सक्यो । । नेपालको कसिलो बलिङका सामु सिँगापुर निरिह बनेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको लागि उपकप्तान ज्ञानेन्द्र मल्लले सतक पार गरे । उनले १ सय २७ बलमा एक छक्का र १३ चौकाको मद्धतमा १ सय १४ रनको जोडन सफल बने । ज्ञानेन्द मल्ल आउट भएपछि ब्याटिङ सम्हालेका बसन्त रेग्मीले १५ बलमा एक छक्का र २ चौकाको मद्धतमा २१ रन जोडेर आउट भए भने विनोद भण्डारी ८ रनमा पेभेलियन फर्किए । सोमपाल कामीले ६ रन जोडे भने शक्ति गौचन ५ रनमा क्याच आउन भएर आउट भए ।
अमृत भट्टराईले अविजित ६ रन जोडे । कप्तान पारस खड्का १४ रन बनाएर आउट हुन पुगे । त्यसैगरि ओपनर सुवास खकुरेल पहिलो ओभरको दोस्रो बलमै एलबि डब्ल्यू भएर आउट भए । पहिलो खेलमा युगाण्डासँग २० रनले हारेको नेपालले दोस्रो खेलमा बर्मुडालाई ८ विकेटले पराजित गरेको थियो । ६ टोली सहभागी डिभिजन थ्रीबाट शीर्ष दुई टोली डिभिजन टु मा पुग्दा पुछारका दुई टिम डिभिजन फोरमा झर्नेछन् ।

## |
0 comments:
...