### |
अस्ट्रेलियाको सेन्ट भिन्सेन्ट अस्पतालका अनुसन्धानकर्ता चिकित्सकहरूको टोलीले विश्वमै पहिलो पटक मृत घोषित भइसकेको व्यक्तिको मुटुलाई सफल प्रत्यारोपण गरेर चिकित्सा विज्ञानमा हलचल मच्चाइदिए। चिकित्सा विज्ञानमा नयाँ आयामका रूपमा लिइएको यस अनुसन्धानमा सहभागी थिए नेपाली डाक्टर कुमुद धिताल । उक्त अस्पतालमा काडियोथोरासिक सर्जन र युनिभर्सिटी अफ न्यु साउथ वेल्समा एसोसिएट प्रोफेसरका रूमा कार्यरत उनले नै मृत व्यक्तिको शरीरबाट मुटु झिकेर अर्का बिरामीमा प्रत्यारोपण गरेका थिए। इटलीमा जन्मिएका डा. धिताल नेपालको पाटनढोकाका बासिन्दा हुन्। काठमाडौं, इटली हुँदै बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गरेका उनी करिब साढे ५ वर्षअघि अस्ट्रेलिया आएका हुन्। अस्ट्रेलिया आउनुअघि बेलायतको क्याम्बि्रज विश्वविद्यालयमा मुटु र फोक्सोसम्बन्धी रोगको कन्सल्टेन्टका रूपमा काम गरिरहेका उनका एक छोरा, एक छोरी र श्रीमती छन्। पछिल्लो समय उनीसहितको टोलीले चिकित्सा विज्ञानमा अद्भुत सफलता प्राप्त गरेपछि उनको चर्चा विश्वव्यापी रूपमा चुलिएको छ। यही सेरोफेरोमा कान्तिपुरका अस्ट्रेलियास्थित संवाददाता नारायण खड्काले डा. धितालसँग गरेको कुराकानी-
तपाईंहरूले गर्नुभएको यो अनुसन्धान वास्तवमा के हो?
सामान्यतया, हामी मुटु प्रत्यारोपण गर्दा बे्रन डेथ अर्थात् दिमाग मरिसकेको अवस्थामा रहेको दाताको मटु झिकेर अर्काे बिरामीमा प्रत्यारोपण गर्छाैं। यो त सन् १९५० देखि नै विकसित भइसकेको हो। तर यो हाम्रो अनुसन्धान भनेको ब्रेन डेथ मात्र नभई पूर्ण रूपमा मृत घोषित डोनरको मुटु झिकेर अर्का बिरामीमा प्रत्यारोपण गर्नमा भएको सफलता हो। आजसम्म सम्भव नभएको यो कामलाई हामीले वषर्ांैको मेहनतपछि सफल बनाएका हौं। जसमा प्रोफेसर डा. पिटर म्याकडोनाल्ड, केही पीएचडी विद्यार्थी र केही टेक्निसियनहरू थिए। हामीले सेन्ट भिन्सेन्ट अस्पतालमा सबै क्लिनिकल र अपरेसनका काम गरेको भए पनि अनुसन्धान कार्य भिक्टर चाङ कार्डियाक रिसर्च इन्स्िटच्युटमा गरिएको थियो।
कसरी सफलता प्राप्त भयो त यो अनुसन्धानमा?
वास्तवमा यस कार्यका लागि लामो अनुसन्धान गरिएको हो। विशेषगरी डा. म्याकडोनाल्ड र मेरो रिसर्चको विषयसमेत मिलेकाले हामी दुवैले सँगै काम गर्यौं। उहाँ त २ दशकभन्दा बढीदेखि यस क्षेत्रमा लागिपर्नुभएको छ। हामीले सुरुमा यो अनुसन्धानलाई सफल बनाउन सुँगुरमा अनुसन्धान गरेका थियौं। त्यसपछि अन्य दाताहरूको नचल्ने मुटु ल्याएर परीक्षण गरियो। अनुसन्धान गर्दै जाँदा हामीले सफलता पाएको हो। अहिलेको अवस्थामा मृत भइसकेको व्यक्तिको मुटुलाई अधिकतम ३० मिनेटभित्र एक बाकसमा राखिन्छ जहाँ पि्रजर्भेसन फ्लुड हुन्छ। त्यसमा राखिसकेपछि त्यो मुटुले काम गर्न थालेपछि त्यसलाई ३ देखि ५ घन्टाभित्र अर्काे बिरामीमा प्रत्यारोपण गरिसक्नुपर्छ। युरोपका साथीहरूले भने ७-८ घन्टासम्म राखेरसमेत प्रत्यारोपण गरेका छन्। यसमा हामीले बुझ्नुपर्ने के हो भने मुटु नै डेडचाहिँ हैन तर व्यक्तिचाहिँ मृत घोषित भइसकेको हुन्छ। किनकि यसभन्दा पहिले बे्रन डेड भएका मुटुदाताको मात्र मुटु प्रत्यारोपण गर्न सकिन्थ्यो।
यो अनुसन्धानले मुटुका रोगीहरूलाई त ठूलो राहत मिल्ने भयो, हैन?
अवश्य पनि। तर अहिले यो उपचार पद्धति एकदमै महँगो छ। मुटु राख्ने मेसिनलाई मात्र ३५ हजार डलर पर्न आउँछ, जुन एक पटक मात्र प्रयोग गर्न मिल्छ। यो उपचार सुविधा हालमा युरोप, नर्थ अमेरिका र यहाँ मात्र उपलब्ध छ।
तपाईंले सफलताका साथ मुटु प्रत्यारोपण गरेका ३ बिरामीको स्वास्थ्य अवस्था कस्तो छ?
सबैभन्दा पहिला मुटु प्रत्यारोपण गरिएकी मिसेल गि्रबिलास ३ महिनाअघि नै घर फर्किसक्नुभएको छ। अर्का व्यक्ति जेन डामेन पनि चाँडै नै अस्पतालबाट डिस्चार्ज हुनुहुन्छ। पछिल्लो समयमा मुटु प्रत्यारोपण गरिएका बिरामीको बारेमा म धेरै जानकारी दिन सक्तिनँ तर उहाँको स्वास्थ्य अवस्था ठीक छ। उहाँलाई भेन्टिलेटरबाट झिकिसकिएको छ, केही समयपछि डिस्चार्ज गरिन्छ।
यो शल्यक्रिया कसले गरेको थियो?
मुटु झिक्ने र प्रत्यारोपण गर्ने तीनवटै अप्रेसन मैले गरेको हो।
अनुसन्धान सफल भइसकेपछि केमा व्यस्त हुनुहुन्छ?
अहिले मैले भारतदेखि लिएर इटली बेलायतबाट समेत इमेलहरू पाइरहेको छु। वास्तवमै यो ठूलो सफलता पनि हो मेडिकल क्षेत्रमा।
सिड्नीको प्रेस कन्फरेन्स सक्नेबित्तिकै म अर्काे कार्यक्रममा जानुपरेकाले अनुसन्धानसम्बन्धी आएका समाचारहरूसमेत राम्ररी हेर्न पाएको छैन। अरू व्यस्तता त पहिलेको जस्तै नै हो।
एउटा नेपाली डाक्टरले पनि यस्तो ठूलो सफलता पाउन सक्छ भन्ने सन्देश विश्वले पाउँदा तपाईंलाई कस्तो लाग्छ?
हेर्नुस्, मलाई एकदमै खुसी लाग्छ। मलाई त बेलायतमा रहँदै पनि कहिलेकाहीं नेपाल फर्किएर जाऊँ जाऊँ लाग्थ्यो। तर नेपालको अवस्था र बाहिरबाट आउने मानिसलाई किन अघि बढ्न दिने जस्ता सोचका कारणसमेत मैले त्यसलाई त्यागिदिएको हो। म बेलायतको नेपाली संस्था यतीको अध्यक्षसमेत भइसकेको व्यक्ति हो। त्यसैले पनि आफ्नो देशप्रति अत्यन्तै लगाव छ। अझै पनि नेपालमा गएर वातावरण बनेजस्तो लाग्दैन।
नेपाल सरकार वा सम्बन्धित कुनै निकायले तपाईंको विज्ञता सदुपयोगको आग्रह गर्यो भने तयार हुनुहुन्छ?
म त अहिले पनि हाम फालेर जान तयार छु। तर वातावरण त बन्नुपर्यो। नेपालमा गएर केही गर्ने वातावरण बनिसकेको छ जस्तो लाग्दैन। कुनै पनि माध्यमबाट आफूले पाएको ज्ञान र सीपको माध्यमबाट केही मद्दत गर्न पाइन्थ्यो भने त्योभन्दा ठूलो खुसीको कुरा मेरो लागि केही हुँँदैन। म त भन्छु हामीमा परिवर्तन आउन आवश्यक छ। यदि त्यस किसिमको वातावरण बन्यो भने म नेपाल जान तयार छु। मैले बेलायतमा रहँदा इटलीको एक टापुमा गएर मुटु र फोक्सो प्रत्यारोपणसम्बन्धी हेल्थ क्याम्प चलाइसकेको छु। अब इटलीमा गएर त्यस्तो काम गर्न सक्छु भने आफ्नो देशमा गएर गर्न सक्तिनँ होला त ?
नेपालजस्तो मुलुकका बिरामीले तपाईंहरूले गर्नुभएको अनुसन्धानको फाइदा कसरी लिन सक्छन्?
मैले अघि नै भने यो महँगो उपचार पद्धति हो। तत्काल कठिन भए पनि नेपालमा यो सेवा पुर्याउन असम्भव नै भने छैन। त्यसका लागि सुरुमा हार्ट फेलिएर थेरापी सुरु गर्नुपर्यो। विस्तारै भारत, चीनसम्म यो सेवा पुगेको खण्डमा नजिकको देश भएका कारणले नेपालका बिरामीसमेत त्यहाँ पुगेर लाभान्वित हुन सक्छन्।
तपाईंजस्ता विदेशमा रहेका नेपाली विज्ञहरूको ज्ञान र सीपलाई नेपालमा सदुपयोग गर्न सरकारले के गर्नुपर्छ जस्तो लाग्छ?
पहिले त विदेशमा रहेका दूतावासहरूले उनीहरूको पहिचान गर्नुपर्यो। त्यसपछि उनीहरूको सीप र ज्ञानलाई कुन माध्यमबाट सदुपयोग गर्न सकिन्छ भनेर छलफल गर्नुपर्ने हो। म बेलायतमा हुँदा मैले स्वास्थ्यमन्त्रीलाई पनि भेटेको छु र म कहाँ काम गर्छु भन्ने त्यहाँको दूतावासलाई जानकारी थियो। तर पनि यसको ज्ञान लिऊँ भनेर कसैले भन्दैन। यहाँ म मात्र हैन मजस्ता अन्य नेपाली पनि हुनुहोला। तर खै त उनीहरूको ज्ञान र सीपलाई नेपालमा सदुपयोग गर्न खोजिएको? अन्य मुलुकका विज्ञहरू स्वदेशमा गएर ज्ञान र सीप बाँडिरहेका हुन्छन्। तर हाम्रो देशमा यो सम्भव हुन
सकेको छैन।
तपाईंको यो सफलताले नेपाललाई चिनाउन मद्दत गर्यो नि?
आई होप सो। त्यो भएदेखि म झन् खुसी हुन्छु। मलाई त के लाग्छ भने यसले हाम्रा विद्यार्थीहरूलाई उत्प्रेरित गर्नुपर्छ। स्कुलमा पढ्दै गरेका विद्यार्थीहरूलाई केही गर्नुुपर्छ भनेर प्रोत्साहित गर्नुपर्छ।

## |
0 comments:
...