Headlines News :
Home » » एक मिनेटमै विवाह

एक मिनेटमै विवाह

###
अछाम : अछाम गजल मञ्चको आयोजनामा अछाम गजल महोत्सव २०७१ कार्यक्रम चलिरहेका बेला बीचमै उद्घोषकले भने, 'अब यहाँ एउटा नितान्त फरक कार्य हुन लागेको छ, धैर्य गर्नुहोला।' एकैछिन अघिसम्म गजलले गुञ्जायमान हल शान्त भएको केही क्षणमै उनले घोषणा गरे, 'अब यहाँ लामो समयदेखि प्रेमसम्बन्धमा रहेका एक जोडीको विवाह हुँदैछ।'

उद्घोषकले विवाहका लागि नाम उच्चारण गरे। हलको पछाडि बसेकी दुलही मञ्चमा आइन् र मञ्चमै बसेका बेहुलाले सिन्दूरको डिब्बा खोल्दै दुलहीको सिउँदो भरिदिए। अनि कवि हर्षप्रसाद भट्टले स्वस्ति वाचन गर्दै विवाहको विधि पु:याए। दुलहादुलहीले एकअर्कालाई माला पहि:याइदिए र मञ्चमा सँगै बसे। करिब एक मिनेटमै बिहेको प्रक्रिया सकियो।

जिविस अछामको हलमा भएको यो दृश्यका बारेमा सुन्दा चलचित्रको काल्पनिक कथाजस्तो लाग्छ। तर, यो वास्तविक हो। दुलहा थिए, त्यसै कार्यक्रमको सभापतित्व गरिरहेका अछाम गजल मञ्चका अध्यक्ष हिमाल उदासी कुँवर। अछाम गजल महोत्सव २०७१ को पहिलो दिन शनिबार कार्यक्रमको अन्त्यतिर प्रमुख अतिथिले मन्तव्य राख्नुपूर्व कुँवर र अछामकै भाग्यश्वरकी सुनीता रावल विवाहबन्धनमा बाँधिएका हुन्।

कार्यक्रममा सहभागी कतिपय साहित्यप्रेमी 'साँच्चैको विवाह हो र?' भन्दै एकआपसमा कानेखुसी गर्दै थिए। एक मिनेटमा पूरा भएको विवाह धेरैलाई विश्वास गर्न गाह्रो भएको थियो। आयोजक समितिका संयोजक तथा दुलहा कुँवरले अरूको भन्दा फरक ढंगले बिहे गर्ने सोच बनाएकाले महोत्सवमै बिहे गरेको स्पष्ट पारे।

सानै उमेरदेखि गजल लेख्ने कुँवरका गजल रेडियोमा सुनेर उनलाई मन पराएकी रावलले गजलमात्र होइन उनै गजलकारलाई जीवनसाथीका रूपमा पाएकोमा खुसी व्यक्त गरिन्। २०६४ मंसिर ७ गते साँफेबगरमा सामान किन्न गएका बेला संयोगले कुँवरको पसलमा पुगेको स्मरण गर्दै सुनीताले भनिन्न्, 'उहाँको नाम र गजल सुनेको थिएँ। पहिलो भेटमै एकअर्कालाई मन परायौं।'

गजल महोत्सव ललिजन रावलले उद्घाटन गरेका हुन्। दुई दिनसम्म चल्ने महोत्सवमा गजल वाचन, कृति विमोचन, स्रष्टा सम्मान, पुस्तक प्रदर्शनीलगायतका कार्यक्रम छन्। 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar