### |
लमजुङ, असोज २० – गैरआवासीय नेपाली संघ एनआरएनका अध्यक्ष शेष घलेले आफ्नो जन्मस्थान लमजुङको घनपोखरा–९ नाँयूमा विद्यालय भवन निर्माणका लागि ५० लाख रुपैँया सहयोग गर्नुभएको छ ।
घलेले सोमबार एक कार्यक्रमकाबीच विद्यालय भवनको शिलान्या समेत गर्नु भएको छ ।
घलेले आफ्ना स्वर्गीय बुबा उदिमबहादुर घले र ८५ वर्षकी आमा देवीमाया घलेको स्मृतिमा निर्माण हुन लागेको भवनका लागि सहयोग गर्नुभएको हो । ग्रामकल्याण–उदिमबहादुर–देवीमाया स्मृति भवनमा इलाइब्रेरी स्थापना गरिने छ । कार्यक्रममा बोल्दै घलेले नेपाली युवालाई मध्यनजर गरेर नेपालभरी नै खुल्ला विश्वविद्यालय स्थापना गर्ने तयारीमा जुटेको बताउनुभयो ।
उहाँले आगामी ६/७ वर्षभित्र नेपालमा खुल्ला विश्वविद्यालय बनाउने र यसको तयारी भैरहेको बताउनुभयो । खुल्ला विश्वविद्यालयका लागि इलाइब्रेरी आवश्यक भएकाले गाउँगाउँका विद्यालयमा इलाइब्रेरी स्थापना गर्ने उहाँको भनाई छ । पहिलोपटक आफ्नो जन्मभूमिबाट इलाइब्रेरी स्थापना गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।
५० वर्ष अघि आफूले नायूको चौरमा पढेको गरेको स्मरण गर्दै उहाँले आफ्नो बज्यै, बुबा र आमाका कारण अहिले फर्किएर आएको घलेले बताउनुभयो । धनी गरीब सबैलाई एउटै शिक्षा प्रदान गर्ने आफ्नो उद्देश्य रहेकाले यसबाट सबैले सुविधा लिन सक्ने उहाँले बताउनुभयो । अहिले इलाइब्रेरीका लागि भवन निर्माणमा सहयोग गरेको र भवन निर्माणपछि यसको सदुपयोग गर्न उहाँले स्थानीयबासिन्दालाई आग्रह गर्नुभयो ।

## |
0 comments:
...