Headlines News :
Home » » प्रचण्डको धम्कीले केही रोकिदैन, संविधान माघ ८ मै आरामले आउँछ : ओली

प्रचण्डको धम्कीले केही रोकिदैन, संविधान माघ ८ मै आरामले आउँछ : ओली

###
काठमाडौं: एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को धम्कीले माघ ८ मा आउने संविधान नरोकिने स्पष्ट पारेका छन्।

राजधानीमा मंगलबार आयोजित कार्यक्रममा ओलीले भने, 'एमाओवादी वा प्रचण्डको धम्कीले केही हुँदैन, संविधान माघ ८ मा आरामले आउँछ।' उनले सहमतिका लागि धेरै लचिलो भएर प्रयास गर्दा पनि माओवादी सहमतिमा आउन नचाहेको आरोप लगाउँदै भने, 'अब प्रक्रियाबाट अघि बढ्नुबाहेक अर्को विकल्प छैन। अन्तराष्ट्रिय प्रचलन र हाम्रो संविधानले पनि त्‍यही भनेको छ। अब दुई तिहाईले संविधान बन्छ।'

ओलीले भने, 'प्रचण्डले भनेजस्तो सहमतिबाहेक दुई तिहाईले पनि संविधान बनाउन नसक्ने हो भने संविधानसभा निर्वाचन किन गर्नुपर्‍यो। संविधानसभाको निर्वाचन गरेकै दुई तिहाईले संविधान बनाउसक्छ भनेर हो ।'

ओलीले एमाओवादी सहमतिमा आउन नचाहने  र प्रक्रिया जान पनि नमान्ने एमाओवादी अडान तथा तर्कको कुनै आधार नरहेको बताए। एमाओवादी संविधान बनाउनेतिर भन्दा पनि विभिन्न जातजाती तथा सप्रदायलाई भड्काएर फेरी द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाए । 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar