### |
काठमाडौं, कार्तिक १८ । एकीकृत माओवादीका नेता अग्नि सापकोटाले विवादित विषयमा सहमति नभए प्रक्रियामा जाने कांग्रेस–एमालेको प्रस्तावलाई समर्थन गर्न नसकिने बताएका छन् । सात प्रदेश बनाउनुपर्ने कांग्रेस–एमालेको प्रस्ताव खारेज हुनुपर्ने भन्दै नेता सापकोटाले अन्यथा आफूहरु पुनः युद्धमा जान बाध्य हुने चेतावनी दिए ।
राजधानीमा मंगलबार रिपोर्टस् क्लबले गरेको कार्यक्रममा उनले सात प्रदेश बनाउनुपर्ने कांग्रेस–एमालेको प्रस्तावलाई ‘पञ्चायती शैली’को भनी टिप्पणी गरे ।
कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवालीले एमाओवादीले मागेझैं जातीय आधारमा राज्य निर्माण गर्न नसकिने बताए । सबैलाई समेट्ने गरी सात प्रदेशको प्रस्ताव ल्याइएको उनको भनाइ थियो ।
यस्तै, कांग्रेस नेता रमेश लेखक, राप्रपा नेता दीपक बोहोरालगायतले सबै विषयमा छलफल गर्न सकिने भन्दै दलहरुले सहमतिको प्रयास जारी राख्नुपर्ने बताए ।

## |
0 comments:
...