Headlines News :
Home » » मधेसी मोर्चाको बन्दको रुपन्देहीबासीबाट अवज्ञा

मधेसी मोर्चाको बन्दको रुपन्देहीबासीबाट अवज्ञा

###
भैरहवा : रुपन्देहीका नागरिकले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको जिल्ला बन्द पुर्णरुपमा अवज्ञा गरेका छन् ।

सरकारले मोर्चाको मागप्रति बेवास्ता गरेको र रुपन्देही प्रशासनले पनि दुई महिनादेखि निरन्तर निषेधाज्ञा लगाएर आन्दोलन तुहाउने प्रयास गरेको भन्दै मोर्चाले शुक्रवारदेखि बन्द आह्वान गरी आन्दोलन सशक्त रुपमा चर्काउने चेतावनी दिएको थियो ।


मोर्चाले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गर्नुका साथै प्रेस विज्ञप्ती मार्फत समेत बन्द घोषणाको चेतावनी दिएको थियो ।

पर्यटकहरु पनि निर्वाध रुपमा लुम्बिनी आवतजावत गरिरहेका छन् । चीन, भियतनाम, श्रीलंका र थाईल्याण्डका दुई सयबढी पर्यटकले शुक्रवार लुम्बिनीको अवलोकन भ्रमण गरेको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले बताए ।

यसैगरी तेस्रो मुलुक एवम् भारतबाट १९ वटा वसबाट सयौँ संख्यामा पर्यटकहरु नेपाल भित्रिएको अध्यागमन कार्यालय बेलहियाका प्रमुख आन्नद प्रसाद पौडेलले जानकारी दिए ।

मोर्चाले पर्यटक तथा स्कुलका बस र सार्वजनिक एवं निजी सबै गाडीहरु रोक्ने र बजार तथा उद्योगसमेत ठप पार्ने चेतावनी दिएको थियो ।

तर उक्त चेतावनीलाई सबैले आ–आफनो क्षेत्रबाट पुर्ण रुपमा अवज्ञा गरेको पाईएको प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले बताए ।

मोर्चाका नेता एवम् सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष ओमप्रकाश यादव गुल्झारीले मर्चवार र धकधई क्षेत्र पुर्णरुपमा बन्द भएको र तस्करी गरेको ८० लिटर डिजेल नियन्त्रणमा लिएर सडकमा पोखिदिएको बताए ।

संघीय समाजवादी फोरम नेपालका नेता शिवराज यादवको नेतृत्वको ८ जनाको टोलीले मझगावबाट ४० र थुनियाबाट ४० लिटर डिजेल नियन्त्रणमा लिई नष्ट गरेको मोर्चाले जनाएको छ ।

फोरमका क्षेत्रिय संयोजक विद्या यादव र मोर्चाका जिल्ला संयोजक महेन्द्र यादवले धकधई क्षेत्रमा, तमलोपाका जिल्ला अध्यक्ष अजय बर्माले भैरहवा–लुम्विनी सडकखण्डको औद्योगिक क्षेत्र गुरुवनियामा, सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष ओमप्रकाश यादव र श्रीनिवास यादवले सुनौली–वेलहिया नाकामा र सन्तोष पाण्डेयले भैरहवा वजार वन्द गराउने नेतृत्व गरेका थिए ।

उनीहरुको साथमा कार्यकर्ता नहुदा बन्दको प्रभाव पर्न सकेको छैन । जिल्लाका सवैक्षेत्रमा बन्दको अवज्ञा भएको छ ।

सुनौली नाकाबाट इन्धनका ट्यांकर र ग्यासका बुलेट बाहेक ८६ वटा मालवाहक गाडी १९ वटा पर्यटक वस नेपाल भित्रिएको वेलहिया नाकाका प्रहरी निरीक्षक अभय विक्रम शाहले बताए ।

सरकारी सामुदािनयक तथा निजी क्षेत्रबाट संचालित सबै शिक्षण संस्थाहरु पनि दिउसोको समयमा पुर्ण रुपमा खुलेका सहायक जिल्ला शिक्षा अधिकारी मनोज गैह्रेले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जिल्लामा मोर्चाले बन्द आह्वान गरेको हल्ला सुनिए पनि उद्योगी व्यापारीलगायत जिल्लावासी नागरिक निडरताका साथ निर्वाध रुपमा आआफनो धन्दा गरिरहेको बताए ।

प्रहरी प्रशासनले जिल्लामा कडाईका साथ शान्ति सुरक्षा प्रदान गरिरहेको कहि कतै कुनै अप्रिय घटना नघटेको र सुरक्षाकर्मीबाट कुनैकिसीमको बलप्रयोग गर्न नपरेको बताए ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar