Headlines News :
Home » , » पूर्वप्रधानसेनापति कटुवालको आरोप–चुनाव हारेका नेताको मधेश आन्दोलन(भिडियो सहित)

पूर्वप्रधानसेनापति कटुवालको आरोप–चुनाव हारेका नेताको मधेश आन्दोलन(भिडियो सहित)

###

एनपी, काठमाडौं, ४ मंसिर । आफ्नो कार्यकालको समयमा निकै राजनीतिक विषयले चर्चामा रहेका पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवालले निर्वाचन हारेका दुई तीन जना नेताले मधेश आन्दोलन गरेको आरोप लगाए । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले आन्दोलन जनता र मुलुकको समस्या समाधानका लागि हुने भन्दै अहिले मधेश आन्दोलनले स्वयम् मधेशी जनताले दुःख पाइरहेको बताए । ‘विश्व इतिहासमा आन्दोलन मुलुक र जनताको समस्या समाधानका लागि हुन्छ’, उनले भने, ‘तर चुनाव हारेका नेताहरुले गरेको मधेश आन्दोलनमा स्वयम् मधेशी जनताले दुःख पाएका छन् । उसो भए त्यो कसको लागि आन्दोलन हो ?’
संविधान जारी पश्चात मुलुकमा स्थायीत्व तथा स्थितरता पाउनु पर्ने भएपनि सो अनुसार नेताहरुले गर्न नसकेको आरोप लगाएका पूर्वप्रधानसेनापति कटुवालले मुलुकमा स्थिरता कायम गर्ने खालको संविधान जारी गर्नुको साटो अराजकता र द्वन्द्वको बिऊ रोपेको आरोप दोहोर्याए ।
संघीयता र धर्म निरपेक्षता नेताहरुले चाल नपाउने गरी संविधानमा घुसेका कारण मुलुकमा अस्थिरता देखा परेको बताएका उनले तत्काल नाकाबन्दी खुलाएर जनजीवन सामान्य बनाउनु पर्ने धारणा राखे ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar