|
###
|
११ असार, काठमाडाैँ । मोस्ट वान्टेड ‘बाहुन डन’ भारतीय विधायकको घरबाट पक्राउ परेका छन् । लगातार ६ महिना पिछा गरेपछि नेपाल प्रहरीले भारत उत्तरप्रदेशका समाजवादी पार्टीका विधायकको लखनउस्थित घरबाट बाहुनलाई पक्राउ गरेको हो ।रमेश बाहुन भनिने सुजन पौडेललाई उत्तरप्रदेशको सत्तारुढ समाजवादी पार्टीका विधायक विनायक सिंहको घरबाटै पक्राउ गरिएको उच्च प्रहरीले स्रोतले बतायो । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
बाहुनसँगै उनका सहयोगी दुर्गे भनिने दुर्गा राईसमेत पक्राउ परेका छन् । ४ माघमा ललितपुरका मीनकृष्ण महर्जनमाथि गोली हान्ने घटनामा बाहुनलाई राईले सहयोग गरेका थिए । त्यस यता दुबै जना लुक्दै आएका थिए । बाहुन विरुद्द अदालतमा आधा दर्जन मुद्दा छन् ।
लागुऔषध, ज्यान मार्ने उद्योग जर्वजस्ती असुलीजस्ता मुद्दा रहेको प्रहरी अधिकारी बताउँछन् । जसमध्ये लागुऔधष मुद्दा सबैभन्दा बलियो छ । उनका दुई सहयोगी दुई वर्षअघि ब्राउनसुगरसहित पक्राउ परेका थिए ।
|
##
|

0 comments:
...