Headlines News :
Home » » अर्जेन्टिना र नाइजेरिया तथा फ्रान्स र ईक्वेडर भिड्दै, आज राती चार खेल हुने

अर्जेन्टिना र नाइजेरिया तथा फ्रान्स र ईक्वेडर भिड्दै, आज राती चार खेल हुने

###
काठमाडौं, आषाढ ११ ।  विश्वकप फुटबल अन्तर्गत आज पनि दुई समूहका अन्तिम चरणका खेलहरु हुँदैछन् । राति पौने १० बजे समूह ‘एफ’ का खेलमा अर्जेन्टिना र नाइजेरिया तथा ईरान र बोस्निया हर्जगोविना भिड्दैछन् ।
यो समूहबाट यसअघिका दुवै खेल जितेर पूर्व विजेता अर्जेन्टिना प्रिक्वार्टरफाइनलमा पुगिसकेको छ भने एक खेल जितेर एकमा बराबरी गरेको नाइजेरियाको सम्भावना बलियो छ । त्यसैगरी नाइजेरियासंग बराबरी खेलेको ईरानको एक अंक छ ।
दुवै खेलमा पराजित नवप्रवेशी टिम बोस्निया हर्जगोविना भने प्रतियोगिताबाट बाहिरिइसकेको छ । यो अवस्थामा अर्जेन्टिनाले समूह विजेता बन्नका लागि बराबरी गरे पुग्नेछ । त्यसैगरी नक आउट चरण प्रवेश ढुक्क गर्न नाइजेरियाले पनि कम्तीमा बराबरी गर्नुपर्नेछ ।
नाइजेरियाको अर्को चरण प्रवेशको समीकरणका लागि इरान र बोस्निया हर्जगोविनाबीचको खेलले पनि निर्धारण गर्नेछ । ईरान पराजित भए नाइजेरिया स्वतः नक आउट चरणमा पुग्नेछ भने ईरानको फराकिलो जितमा नाइजेरियाको हारले ईरान प्रिक्वार्टरफाइनलमा पुग्ने पहिलो एसियाली टिम बन्नेछ ।
एसियाबाट सहभागी बाँकी राष्ट्रहरुले खराव प्रदर्शन गरी पहिलो चरणबाटै बाहिरिंदा ईरानले राहत प्रदान गर्ने अपेक्षा गरिएको छ । विश्वकप अन्तर्गत राति पौने २ बजे समूह ‘इ’ का खेलमा फ्रान्स र ईक्वेडर तथा स्वीट्जरल्याण्ड र होन्डुरस भिड्दै छन् ।
लगातार दुई जित र फराकिलो गोल अन्तरका कारण फ्रान्सले प्रिक्वार्टरफाइनलमा ठाउँ लगभग पक्का गरिसकेका अवस्थामा समान ३÷३ अंकका इक्वेडर र स्वीट्जरल्याण्डमध्ये एक टिम प्रिक्वार्टरफाइनलमा पुग्नेछ । दुवै खेल हारेको होन्डुरस प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar