|
###
|
सिरहा, असार ११ – सिरहाको भवानीपुर–६ की एक महिलाले जवरजस्ती करणी प्रयास गर्ने स्थानीय युवकको लिंग काटीदिएकी छिन् ।गाउँमा खाजा पसल सञ्चालन गर्ने ती महिलाले मंगलबार राती आफूलाई जबरजस्ती गर्न खोज्ने २३ वर्षका विल्टु मुखियाको लिंग ब्लेडले काटिदिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी ज्ञानेन्द्र फूयाँलले जानकारी दिनुभयो ।
घाइते भएका मुखियाको धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको फुयाँलले जानकारी दिनुभयो । साना नानीहरुसँग सुतिरहेको वेला आएका मुखियाले जवरजस्ती गर्न खोजेपछि आक्रोसित महिलाले नङ काट्न राखेको ब्लेडले लिंग काटिदिएको जानकारी पाएको प्रहरीले जनाएको छ ।
|
##
|

0 comments:
...