|
###
|
मानागुआ, निकारागुआको राजधानी मानागुआमा एक रहस्यमय विस्फोटन भएको छ । जसका कारण यहाँ एउटा ठुलो खाडल बनेको कुरा अधिकारीहरूले जनाएका छन । अनुमान गरिए अनुसार यो खाडल उल्कापिण्ड खसेर बनेको हो । यहाँका सुरक्षा अधिकारीहरूले मिडियाहरूसंग यस कुराको बारेमा जनकारी गराएका छन । मानागुआको जनसंख्या लगभग १२ लाख रहेको छ । यो खाडल अन्तरराष्ट्रीय विमानस्थल नजिकै बनेको छ । यस घटनामा कुनै जन धनको क्षति भने नभएको बताइएको छ ।
तर विस्फोटनबाट बनेको खाडलको व्यास भने लगभग १२ मीटर रहेको छ |सिस्मिक इन्स्टीट्यूटका विल्फ्रेडो स्ट्रसले मंगलबार बताए अनुसार, उक्त खाडल उल्कापिण्ड खसेका कारण बनेको हो । यस्तो लाग्दछ कि उक्त उल्कापिण्ड गत शनिवार मध्यरात्रिको आसपास विमानस्थल नजिकै खसेको थियो । जसका कारण राजधानीमा पुरै हलचल महसुस गरिएको थियो । अहिले खगोलविदहरू यसको अध्ययन गरिरहको कुरा अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरूले जनाएका छन ।

##
|

0 comments:
...