|
###
|
काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले सशस्त्र क्रान्तिका बेला कांग्रेसले भारतलाई थाहा नदिइकन बर्माबाट हतियार ल्याएको खुलासा गरेका छन्।
बीपी स्मृति प्रतिष्ठानद्वारा बुधबार काठमाडौमा आयोजित विचार गोष्ठीमा कोइरालाले भने, 'हामीले क्रान्ति गर्दा हतियार बर्माबाट ल्याएका थियौं। जुन कुरा भारतलाई पनि थाहा थिएन र हामीले थाहा दिएनौं पनि।' कोइरालाले त्यतिबेला बर्मासँग खास भावानात्मक सम्बन्ध रहेको बताए।
बर्माकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई आफूहरुले नेपालमा बोलाएर प्रजातान्त्रिक समाजवादका बारेमा छलफल गरेको पनि उनले बताए। उनले कांग्रेसले बीपीलाई नबिर्सेको र कहिल्यै बिर्सन नसक्ने बताए। बीपीका प्रजातान्त्रिक समाजवादको बिचार तेस्रो बिश्वका मुलुकहरुका लागि उपयोगी रहेको पनि उनले बताए।
एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले बीपीका बिचारका मूल्य मान्यतालाई संस्थागत गर्न सविधानसभाबाट संबिधान निर्माण गर्नु पर्ने बताए। 'अहिलेको अवस्थामा संविधान निर्माण गर्नु नै बीपी,पुष्पलाल,मनमोहन अधिकारी र मदन भण्डारीका बिचारको सही दिशामा अगाडि बढाउनु हुनेछ' खनालले भने 'नेपाली समाज सुहाउँदो समाजवादको नमूनाको विकास गर्नु पर्छ।' गरिवी,बेरोजगारी,निरक्षरता,रोगव्याधिसँग जुध्नु पर्ने चुनौती रहेको उनले बताए।

##
|

0 comments:
...