|
###
|
बीच सडकमा ट्याक्सी तेर्स्याएर सडक अवरोध
काठमाडौं: ट्राफिक नियम मिचेर डिउटीमा रहेका ट्राफिक प्रहरीलाई हातपात गरी बीच सडकमा ट्याक्सी तेर्साएर एक ट्याक्सी चालकले दादागिरी देखाएका छन्। चालकको दादागिरीले विजुलीबजार सडक खण्ड आइतबार बिहान साढे १० बजेबाट आधा घण्टा जति सडक पुरै जाम भएको थियो।
ट्राफिक प्रहरीले लामो प्रयासपछि ट्याक्सी चालक मानबहादुर खत्री र उनले हाँक्ने बा १ ज २१३१ नम्बरको ट्याक्सी समेत नियन्त्रणमा लिएको छ। पटकपटक मिटर ठगीमा समातिए पनि जरिवाना तिरेर छुट्ने ट्याक्सी चालकहरूको दादागिरीले ट्राफिक व्यवस्थापनमा समेत कठिनाई उत्पन्न हुँदै आएको छ।

##
|

0 comments:
...