|
###
|
बिरामीबाट ४७५ रुपैयाँभन्दा बढी लिन बञ्देज
४ असोज, काठमाडौं । तपाई बिरामी भएर कुनै अस्पताल वा मेडिकल सेन्टरमा जाँदै हुनुहुन्छ भने विरामी जाँचेको शुल्क कति तिर्ने गर्नुभएको छ ? यदि तपाईलाई पाँचसय रुपैयाँ वा सोभन्दा बढी शुल्क लिइएको छ भघने तपाईले सोझै सीडीयो कार्यालयमा उजुरी गर्नुभए हुन्छ ।
बिरामी परीक्षणका क्रममा मनपरी शुल्क असुल्ने चिकित्सकहरुले यसै सातादेखि अनिवार्य रुपमा सरकारले तोकेको नयाँ शुल्कसीमा लागू गर्नुपर्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत बुधबारबाट लागु हुने गरी भदौ १२ गते नै चिकित्सकहरुको नयाँ शुल्क निर्धारण गरेको हो ।
घटीमा २५०, बढीमा ४७५ मात्र
doctorसरकारले तोको नयाँ शुल्क अनुसार चिकित्सकहरुले बिरामीबाट दुई सय ५० रुपैयाँ देखि ४ सय ७५ रुपैयाँसम्म मात्र लिन पाउने छन् ।
सरकारले परिक्षण शुल्कलाई चिकित्सकको विज्ञता र अनुभवका आधारमा विभिन्न चार तहमा बाँड्दै २ सय ५० देखी ४ सय ७५ रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था गरेको हो ।
यस अनुसार एमबीबीएस पास गरेका डाक्टरले २ सय ५० रुपैयाँ शुल्क लिन पाउनेछन् भने एमडी/एमएस वा त्योभन्दा बढीको डिग्री भएका डाक्टरले ५ वर्षर्भन्दा बढीको अनुभवपछि अधिकतम ४ सय ७५ रुपैयाँसम्म शुल्क लिन पाउनेछन् ।
एमबीबीएसपछि पाँच वर्षर्भन्दा बढी अनुभवप्राप्तले ३ सय, विशेष तहको तालिम (पोस्ट ग्रजुयट डिप्लोमा) गरेका डाक्टरका हकमा पाँच वर्षसम्म ३ सय ५० र पाँच वर्षपछि ४ सय रुपैयाँ शुल्क तोकिएको छ । एमडी/एमएस र त्योभन्दा माथिको जुनसुकै अध्ययन पूरा गरेकाले पाँच वर्षसम्म ४ सय ५० र पाँच वर्षको अनुभवपछि ४ सय ७५ सम्म शुल्क लिन पाउनेछन् ।
मन्त्रालयले देशभरका चिकित्सकहरुले तोकिएको शुल्क सीमाभन्दा बढी शुल्क लिएको पाइएमा चिकित्सकलाई कारबाही गर्ने जनाएको छ । मन्त्रालयको चिकित्सा सेवा महाशाखा प्रमुख डा. गुणराज लोहनीले तोकिए भन्दा बढी शुल्क उठाउँने जोसुकै चिकित्सक कारवाहीमा पर्ने बताए ।
लोहनीका अनुसार नियमविपरीत बढी शुल्क असुल्ने चिकित्सकलाई स्पष्टीकरण लिएर रकम फिर्ता गर्न लगाउने देखि निलम्बनसम्मको कारवाही हुनेछ ।
मन्त्रालयकै प्रारम्भिक तथ्यांक अनुसार चिकित्सकहरुले बिरामीबाट हाल एकपटकको परिक्षणमा १८ सय रुपैयाँसम्म लिइएको भेटिएको छ ।
अबदेखी बिरामीबाट त्यती धेरै रकम असुल्ने चिकित्सकले ४ सय ७५ भन्दा बढी लिएको फेला परेमा कारबाही गरीने डा. लोहनीले बताए । उनका अनुसार बिरामी वा बिरामी पक्षले बढी शुल्क लिएको बिषयमा मन्त्रालय, मेडिकल काउन्सिल वा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सक्ने छन् । ‘चिकित्सकले बिरामीसँग मनपरी शुल्क लिने तर शुल्क अनुसारको सेवा र समय नदिने समस्या धेरै भेटिएको छ’ उनले भने-‘त्यही भएर यस्तो मनपर्दी रोक्न चिकित्सकहरुको शुल्कमा सिमा निर्धारण गर्नुपरेको हो ।’
मन्त्रालयका अनुसार डाक्टरले तोकिएको सीमाभित्र रहेर शुल्क लिनुका साथै आफूले लिने शुल्क सबैले देख्नेगरी टाँस्नुपर्ने व्यवस्था समेत गरेको छ । डा. लोहनीका अनुसार अबदेखि डाक्टरहरुले ७ दिनसम्म र पहिलोपटक फलोअपमा आउँदा निशुल्क सेवा दिनुपर्ने हुन्छ ।
गत वर्ष मंसिर २१ मा मन्त्रिपरिषदबाट जारी ‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका ०७०’ मा रहेको कानुनी व्यवस्थाअनुसार स्वास्थ्य मन्त्रालयले नयाँ शुल्क निर्धारण गरेको हो ।
यसअघि तत्कालिन शाही सरकारको समयमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका डा. उपेन्द्र देवकोटाले पनि सेवा शुल्क तोकेका थिए । ०५९ मंसिर ४ मा मन्त्रीस्तरीय निर्णयबाट एमबीबीएस डाक्टरको सेवा शुल्क अनुभवका आधारमा ७५ देखि १ सय ५० रुपैयाँ तोकिएको थियो । १० वर्षर्भन्दा बढी अनुभवप्राप्त चिकित्सकले २ सय ७५ सम्म लिन पाउने व्यवस्था गरिएको थियो । तर देवकोटा मन्त्रीबाट हटे लगत्तै उक्त नियम कार्यान्वयनमा आउन सकेको थिएन ।
त्यसो त तत्कालीन राजा वीरेन्द्रले आफू राजा बनेर गज्ञीमा बसेर गरेको पहिलो निर्णयमा डाक्टरले लिने शुल्क घटाएर उदाहरणीय काम गरेका थिए ।
४ असोज, काठमाडौं । तपाई बिरामी भएर कुनै अस्पताल वा मेडिकल सेन्टरमा जाँदै हुनुहुन्छ भने विरामी जाँचेको शुल्क कति तिर्ने गर्नुभएको छ ? यदि तपाईलाई पाँचसय रुपैयाँ वा सोभन्दा बढी शुल्क लिइएको छ भघने तपाईले सोझै सीडीयो कार्यालयमा उजुरी गर्नुभए हुन्छ ।
बिरामी परीक्षणका क्रममा मनपरी शुल्क असुल्ने चिकित्सकहरुले यसै सातादेखि अनिवार्य रुपमा सरकारले तोकेको नयाँ शुल्कसीमा लागू गर्नुपर्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत बुधबारबाट लागु हुने गरी भदौ १२ गते नै चिकित्सकहरुको नयाँ शुल्क निर्धारण गरेको हो ।घटीमा २५०, बढीमा ४७५ मात्र
doctorसरकारले तोको नयाँ शुल्क अनुसार चिकित्सकहरुले बिरामीबाट दुई सय ५० रुपैयाँ देखि ४ सय ७५ रुपैयाँसम्म मात्र लिन पाउने छन् ।
सरकारले परिक्षण शुल्कलाई चिकित्सकको विज्ञता र अनुभवका आधारमा विभिन्न चार तहमा बाँड्दै २ सय ५० देखी ४ सय ७५ रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था गरेको हो ।
यस अनुसार एमबीबीएस पास गरेका डाक्टरले २ सय ५० रुपैयाँ शुल्क लिन पाउनेछन् भने एमडी/एमएस वा त्योभन्दा बढीको डिग्री भएका डाक्टरले ५ वर्षर्भन्दा बढीको अनुभवपछि अधिकतम ४ सय ७५ रुपैयाँसम्म शुल्क लिन पाउनेछन् ।
एमबीबीएसपछि पाँच वर्षर्भन्दा बढी अनुभवप्राप्तले ३ सय, विशेष तहको तालिम (पोस्ट ग्रजुयट डिप्लोमा) गरेका डाक्टरका हकमा पाँच वर्षसम्म ३ सय ५० र पाँच वर्षपछि ४ सय रुपैयाँ शुल्क तोकिएको छ । एमडी/एमएस र त्योभन्दा माथिको जुनसुकै अध्ययन पूरा गरेकाले पाँच वर्षसम्म ४ सय ५० र पाँच वर्षको अनुभवपछि ४ सय ७५ सम्म शुल्क लिन पाउनेछन् ।
मन्त्रालयले देशभरका चिकित्सकहरुले तोकिएको शुल्क सीमाभन्दा बढी शुल्क लिएको पाइएमा चिकित्सकलाई कारबाही गर्ने जनाएको छ । मन्त्रालयको चिकित्सा सेवा महाशाखा प्रमुख डा. गुणराज लोहनीले तोकिए भन्दा बढी शुल्क उठाउँने जोसुकै चिकित्सक कारवाहीमा पर्ने बताए ।
लोहनीका अनुसार नियमविपरीत बढी शुल्क असुल्ने चिकित्सकलाई स्पष्टीकरण लिएर रकम फिर्ता गर्न लगाउने देखि निलम्बनसम्मको कारवाही हुनेछ ।
मन्त्रालयकै प्रारम्भिक तथ्यांक अनुसार चिकित्सकहरुले बिरामीबाट हाल एकपटकको परिक्षणमा १८ सय रुपैयाँसम्म लिइएको भेटिएको छ ।
अबदेखी बिरामीबाट त्यती धेरै रकम असुल्ने चिकित्सकले ४ सय ७५ भन्दा बढी लिएको फेला परेमा कारबाही गरीने डा. लोहनीले बताए । उनका अनुसार बिरामी वा बिरामी पक्षले बढी शुल्क लिएको बिषयमा मन्त्रालय, मेडिकल काउन्सिल वा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सक्ने छन् । ‘चिकित्सकले बिरामीसँग मनपरी शुल्क लिने तर शुल्क अनुसारको सेवा र समय नदिने समस्या धेरै भेटिएको छ’ उनले भने-‘त्यही भएर यस्तो मनपर्दी रोक्न चिकित्सकहरुको शुल्कमा सिमा निर्धारण गर्नुपरेको हो ।’
मन्त्रालयका अनुसार डाक्टरले तोकिएको सीमाभित्र रहेर शुल्क लिनुका साथै आफूले लिने शुल्क सबैले देख्नेगरी टाँस्नुपर्ने व्यवस्था समेत गरेको छ । डा. लोहनीका अनुसार अबदेखि डाक्टरहरुले ७ दिनसम्म र पहिलोपटक फलोअपमा आउँदा निशुल्क सेवा दिनुपर्ने हुन्छ ।
गत वर्ष मंसिर २१ मा मन्त्रिपरिषदबाट जारी ‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका ०७०’ मा रहेको कानुनी व्यवस्थाअनुसार स्वास्थ्य मन्त्रालयले नयाँ शुल्क निर्धारण गरेको हो ।
यसअघि तत्कालिन शाही सरकारको समयमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका डा. उपेन्द्र देवकोटाले पनि सेवा शुल्क तोकेका थिए । ०५९ मंसिर ४ मा मन्त्रीस्तरीय निर्णयबाट एमबीबीएस डाक्टरको सेवा शुल्क अनुभवका आधारमा ७५ देखि १ सय ५० रुपैयाँ तोकिएको थियो । १० वर्षर्भन्दा बढी अनुभवप्राप्त चिकित्सकले २ सय ७५ सम्म लिन पाउने व्यवस्था गरिएको थियो । तर देवकोटा मन्त्रीबाट हटे लगत्तै उक्त नियम कार्यान्वयनमा आउन सकेको थिएन ।
त्यसो त तत्कालीन राजा वीरेन्द्रले आफू राजा बनेर गज्ञीमा बसेर गरेको पहिलो निर्णयमा डाक्टरले लिने शुल्क घटाएर उदाहरणीय काम गरेका थिए ।
|
##
|

0 comments:
...