Headlines News :
Home » » कुन–कुन औषधि निःशुल्क ?

कुन–कुन औषधि निःशुल्क ?

###
काठमाडौं,असोज ४ – सरकारले निःशुल्क वितरण गर्दै आएको औषधिका प्रकार संख्या ४० बाट बढाएर ७० पुर्‍याएको छ । थपिएका औषधि स्थानीय तहसम्म पुगेपछि झन्डै ८० प्रतिशत रोगविरुद्ध सर्वसाधारणले औषधि किन्नु नपर्ने स्वास्थ्य मन्त्रालयको दाबी छ । मन्त्रिपरिषद्को १३ भदौमा बसेको बैठकले सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क प्रदान गरिने औषधिको संख्या ७० पुर्‍याउने निर्णय गरेको हो । मुटु, मधुमेह, उच्चरक्तचाप, मानसिक, थाइराइड, मन्द दुखाइ, एलर्जी, एन्टी फन्गललगायत रोगविरुद्धका विभिन्न प्रकारका औषधि थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले ग्रामीण तहसम्म सहज उपचार सेवा पुर्‍याउन निःशुल्क औषधि थपिएको बताए । सरुवा रोगको जोखिम कम हुँदै आएको र नसर्ने रोगको जोखिम बढ्दै गएकाले थपिएको औषधि नसर्ने रोगका बढी भएको अधिकारीले जानकारी दिए । ‘मुटु, मधुमेह, दमजस्ता नसर्ने रोगको चाप ग्रामीण क्षेत्रमा पनि बढ्दै गएको छ । नियमित रुपमा खानुपर्ने यस्ता औषधि सहज रुपमा नपाउँदा धेरै मानिसको अकालमै ज्यान जाने गरेको छ,’ मन्त्री अधिकारीले भने, ‘अहिले थपिएको औषधिले त्यसको रोकथाम गर्न मद्दत पुर्‍याउने विश्वास छ ।’ ग्रामीण तहसम्म नसर्ने रोगको निःशुल्क उपचार सहरसम्म आउनुपर्ने समस्या हट्ने पनि उनको भनाइ छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निःशुल्क पाइने औषधीको जानकारी यहाँ थाहा पाउन सकिन्छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar