Headlines News :
Home » » आधा टाउको दुखने माईग्रेन को कारण र उपचार

आधा टाउको दुखने माईग्रेन को कारण र उपचार

###
यहाँ लेखिएको जानकारी यदि हजुर अरुकोलागि पनि उपयुक्त हुने ठान्नुहुन्छ भने यो सूचनालाई शेयरगरी अरुलाई पनि स्वास्थ हुन सहयोग गर्नुहोस।
---------------------------------------------------


माइग्रेन एक प्रकारको न्यूरोलॉजिकल रोग भएता पनि मनोशारीरिक रोग पनि हो। अत्याधिक तनाव मा रहने, गैस्ट्रिक ले ग्रस्त, अनिंद्राले ग्रस्त, एसिडिटी का रोगी, पुरानों कब्जियत , टाउको र मष्तिस्कका अन्य विभिन्न समस्याहरु, उच्च रक्तचाप, र हार्मोन हरु को गड़बड़ी भएका हरु लाई यो रोगको जोखिम धेरै छ। सहनै नसक्ने गारी टाउको दुखेको अवश्थामा औषधिहरुको सहायताले उपचार गर्नु पर्ने हुन्छ। तर यो दीर्घकालीन उपचार भने होइन। माइग्रेन लाइ दीर्घकालीन रूपमा ठीक गर्न जीवन शैली तथा प्राकृतिक उपचार उपयोगि छन।

जीवन शैली उपचार :
----------------------------

1. निंद्रा पूरा गर्न कुनै कनजुष्याई नगरी कमसे कम ६ देखि ८ घंटा नियमित गहिरो निंद्रा सुत्ने गरौ। सुत्ने र उठने समय नियमित एउटै टायममा गर्ने गरे माईगे्रनबाट बच्न सकिन्छ । सुताईमा अनियमितता हुनेहरूमा यो समस्या ज्यादा पाईएको छ ।

२. तनाब, चिन्ता, भय, र उदासिनता जस्ता मानसिक समस्याले यो रोगलाई बढावा दिने हुदा उल्लेखित समस्याहरुको यथोचित व्यावश्थापन गर्ने तिर लागौ ।

३. उत्तेजक प्रकाश, होहल्ला र खैला-बैलाले पनि यो लाई बढ़ावा दिने हुँदा उक्त कुराहरु बाट बचौ।

४. प्रसस्त पानी नपिउनेहरु पनि यो समस्या को शिकार हुने गर्दछन अतः दैनिक ४ देखि साढ़े पांच लीटर पानी पिउने बानी बसालौ।

५. लामो समय सम्म निस्क्रिय जीवन जिउने हरु मा यो रोग ज्यादा देखिएको छ तसर्थ हफ्ता माँ कमसे कम ५ देखि १२ घंटा सम्मा    व्यायाम श्रम वा सक्रिय जीवनमा संलग्न रहौ।

६. तारे भुटेका मसालादार खानेकुरा खानेहरु, खुर्सानी र नुनको अत्याधिक सेवन गर्नेहरु जाँड रक्सी, चुरोट, कोकीन र टैनिनका नशेडीहरु, तातो र अती चिसो खाद्य पदार्थ तथा वोतल र वट्टामा संरक्षित खाद्य–पदार्थहरुको सेवन गर्नेहरु, फास्ट तथा जंक फुड खानेहरु पनि यो रोगका शिकार हुन पुग्दछन् । अतः यी अनिबानी हरु हटाएर स्वास्थ्य जीवन शैली अपनाउ।

७. भोजन को नियमितता मा ध्यान दीऔ। भुलेर पनि टायमको भोजन नछाडौ। भोकभोकै बस्नेले एसिडिटी बढ्नगई माइग्रेन को प्रकोप बढ्न सक्छ। बोतल र बट्टाबद्ध संरक्षित खनेकुराहरू (जंक फूड ) खाने बानी छ भने तुरुन्त छोड़ी दिऊ। अत्याधिक तातो र चिसो खाद्य बस्तुहरुको पहरेज गरौं । नुन चिनी, मैदाका परिकार पनि यो रोग मैत्री हैनन् ।

८. योग, ध्यान, प्राणायाम, जस्ता मन-प्रसमनका उपायहरु सीकेर नियमित अभ्यास गर्ने गरौ। माइग्रेन तनाव पुर्ण जीवन ज्यूउनेहरु, डर, चिन्ता, खिन्नता, उदाशिनता र अनिन्द्राको रोगीहरुलाई भै रहने रोग हो । तसर्थ तनाव व्यवस्थापन माइग्रेन निवारणको कडी हो ।

९. शारिरिक तथा मानसिकरुपले विश्राम लिनका लागी योग आसन, योग निद्रा, माइन्ड– साउन्ड–रेसोनेन्स–टेक्निक (MSRT), प्राणिक–इनरजाईजीङ्ग–टेक्निक (PET), सेल्फ– मेनेजमेन्ट–अफ–एक्सेसिभ –टेन्सन (SMET), जेकब्सन–प्रोग्रेसिभ–मसल्स्–रिल्याक्सेसन टेक्निक (JPMRT) डिप–रिल्याक्सेसन्–टेक्निक (DRT), क्विक–रिल्याक्सेसन–टेक्निक(QRT), ईन्स्टेन्ट–रिल्याक्सेसन्–टेक्निक (IRT) जस्ता बिश्रामका विधिहरु सिकेर नियमित अभ्यास गर्ने गरौं ।

१०. चुकन्दर, काक्रो, बन्दाकोभी , गाजर खरभुजा जस्ता क्षारीय फलफूलका रस तथा नारियल पानी आदि को सेवन गर्नु पर्छ। उपवास ले पनि यो रोगमा फायदा पुर्याउँछ।

प्राकृतिक उपचार :
---------------------

१. टाउकाको मालिशले माइग्रेन लाई विशेष फाइदा पुर्याउँछ। शीत गुणले युक्त जडीबुटी को बासनादार एरोमेटिक तेल ले मालिश गर्दा यो रोग निवारण मा अझ राम्रो गर्छ।

२. उष्ण पादस्नानको प्रयोग पनि यो रोगमा रामवाण तुल्य कम गर्छ।

३. तौलीलाई ततोपानी माँ डुबाएर दुखेको ठाउँमा मालिश गर्दा पनि यो रोग मा विशेष फाइदा पुर्याउँछ। कसै कैसेलाई यसै प्रकारको बरफ़को मालिशले पनि फायदा पुर्याउने गरेको छ।

४. एक्युपंचर पनि माइग्रेन को उपचारक़ो महत्व पूर्ण विधि हो।

५. माइग्रेन रोकथाम का लागी किरोप्रैक्टिस, फिज़ियोथेरेपी, मालिश, एक्यूप्रेशर, रिफ्लेक्सोलॉजी, पनि प्रभावक़ारी उपचार हुन।

६. अध्यारो कोठामा सुत्नाले पनि सामान्य माइग्रेनमा विरामीले आराम महसुस गर्छन्।

७. मैग्नीशियम, कोएंजाइम क्यू (Q), राइबोफ्लेविन, विटामिन बी १२ जस्ता पोषक तत्व ले युक्त खाद्यान्न ले पनि माइग्रेन जाती गर्न सहयोग गर्छ।

८ शिरोधारा, शिरोवस्ती,उपयुक्त औषधीयद्रव्यको नास्य जस्ता आयुर्वेदिक उपचार विधि हरु पानी यो रोगमा लाभकारक छन ।

९. ८ - १० दान ठूलो बादाम को दैनिक सेवन गर्ने गरौ। तुलसीको पातको रस मह संग बिहान बिहान खाने गरौ। दूबोको रसको सेबन पनि यो रोग माँ लाभकारी छ।

१०. जलनेति, सूत्रनेती, कुंजल, एनीमा, जस्ता योगिक सोधन बिधिहरू पनि यो रोगको उपचार का महत्वपूर्ण आयाम हरु हुन।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar