|
###
|
काठमाडौं—काठमाडौं स्थित अमेरिकी दूताबासले भिषा प्रक्रियाका लागि नयाँ अनलाइन व्यवस्था प्रयोग गर्ने भएको छ। अमेरिकाले प्रदान गर्ने पर्यटक, बिजनेस, विद्यार्थी र अन्य गैरआप्रवासी भिषाका लागि निवेदन तथा भुक्तानी गर्न नयाँ अनलाइन सेवा गर्न लागेको हो।

२०७१ भदौ ३० गते सोमबारबाट विश्वभरका १२० भन्दा बढी देशहरूमा रहेका अमेरिकी दूतावास तथा कन्सुलेटहरूले नयाँ अनलाइन सेवा प्रयोग गर्नेछन्। 'काठमाडौँस्थित अमेरिकी दूतावास पनि यस प्रक्रियामा सामेल हुँदैछ', दूताबासको विज्ञप्तिमा भनिएको छ, 'यस नयाँ व्यवस्थाले यात्रुहरूलाई उपलब्ध अपोइन्टमेन्ट हेर्ने र उनीहरूको समयतालिकाको लागि सबैभन्दा उपयुक्त मिति र समय रोज्ने मौका दिनेछ।'
अन्तर्वार्ता सफल भएपछि यात्रुहरूले नेपालभरका ६ मध्ये १ स्थानबाट आफ्नो भिसा र पासपोर्ट सङ्कलन गर्न सक्नेछन्। अनलाइन व्यवस्थाका साथसाथै नयाँ कल सेन्टरको समेत व्यवस्था गरिने दूताबासले जनाएको छ। गैर-आप्रवासी भिसा प्रक्रियासम्बन्धी यात्रुहरूका प्रश्नको जवाफ दिनका लागि बिहान ८ बजेदेखि राति ८ बजेसम्म कल सेन्टरले नि:शुल्क सेवा प्रदान गर्ने जनाइएको छ।
डिभी भिसाका सम्बन्धमा दूतावासले अपनाउँदै आइरहेको प्रक्रियामा भने कुनै परिवर्तन नगरिएको दूताबासले उल्लेख गरेको छ। भिसाको लागि आवेदन बुझाइसकेका र नबिल बैंकमार्फत शुल्क भुक्तानी गरी अन्तर्वार्ताका लागि अपोइन्टमेन्ट लिइसकेकाहरूले पुरानै व्यवस्थाअन्तर्गत भिसा प्रक्रिया पूरा गर्नुपर्ने दूताबासले जनाएको छ।

##
|

0 comments:
...