Headlines News :
Home » » मेरो गर्भ नबस्नुको कारण के होला?

मेरो गर्भ नबस्नुको कारण के होला?

###
मेरो गर्भ नबस्नुको कारण के होला?
डा.बालकृष्ण साह
म २१ वर्षीया महिला हुँ। मेरो विवाह भएको चार वर्ष भयो। पहिले मैले गर्भ रोक्न इकोन नामको औषधि चार-पाँच पटक खाएँ। अहिले गर्भ धारण गर्न खोज्दा गर्भ रहँदैन। श्रीमान्को गडबडीले होला भनेर उहाँको शुक्रकीटको जाँच गराएका थियौं। त्यो ठीक रहेछ। मेरो गर्भ नबस्नुको कारण के होला? इकोनले यो समस्या उत्पन्न गरेको त होइन? के म कहिल्यै आमा बन्न सक्दिनँ?
ल.
आकस्मिक गर्भनिरोधक चक्की इकोनमा प्रोजेस्ट्रोन हार्मोन हुन्छ। असुरक्षित यौनसम्पर्क भएको ७२ घण्टाभित्र यसको सेवन गरे गर्भ रहँदैन, तर यो नियमित प्रयोग गरिने परिवार नियोजनको साधन होइन। पटक-पटक आकस्मिक गर्भनिरोधक साधनहरू प्रयोग गर्नाले महिनावारीमा समस्या उत्पन्न हुनसक्छ, तर यसको प्रयोगले पछिसम्म पनि गर्भ नरहने सम्भावना हँुदैन। तपाईंको पत्रमा कहिलेदेखि तपाईंहरूले गर्भ राख्न खोज्नुभएको हो, स्पष्ट छैन। समान्यत: नियमित यौनसम्पर्क (हप्तामा कम्तीमा ३ पटक) भएको एक वर्षभित्र ८० प्रतिशतभन्दा बढी दम्पतीको गर्भ रहन्छ भने बाँकी रहेकामध्ये ५० प्रतिशतले अर्को दुई वर्षभित्र गर्भ धारण गर्ने तथ्यांकले देखाउँछ। गर्भ नरहनुमा श्रीमान्, श्रीमती वा दुवैमा समस्या हुन सक्छ। त्यसैले तपाईंहरूले प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श गर्नु आवश्यक छ। पुरुषको शुक्रकीटमा समस्या नभए पनि अन्य परामर्शका लागि दुवै जना चिकित्सकको परामर्शमा बस्नुपर्छ। यस्ता धेरै अवस्थामा सजिलै उपचार गर्न सकिन्छ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar